
माधुरी महत्तो
वीरगन्ज,०४जेठ : पर्साको पकाहामैनपुर गाउँपालिकामा नेपाली कांग्रेसले सान्दार जित हासिल गरेको छ ।
पकाहामैनपुर गाउँपालिकाको दुइ खुल्ला सदस्य र एक दलित महिला सदस्य बाहेक पालिका अध्यक्ष उपाध्यक्ष र पाँच वटै वडा अध्यक्ष सहित पुरै पदमा काँग्रेस विजयी भएको हो ।
बुधबार साँझ सम्पन्न गाउँपालिकाको मतगणनाको अन्तिम परिणाम अनुसार , गाउँपालिकाको अध्यक्षमा सुरेश प्रसाद मेहता निर्वाचित भएका छन् ।
निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टी नेपाल (जसपा) का उम्मेदवार एंव निवर्तमान गापा अध्यक्ष विजयकुमार चौरसियालाई २ हजार १ सय ५६ मतको फराकिलो अन्तरले पराजित गर्दै मेहता गापा अध्यक्षमा निर्वाचित भएका हुुन् ।
मेहताले ४६८५ मत पाएकाा हुन् । जसपाका चौरसियाले भने २५२९ मत मत्रौ पाएको निर्वाचन अधिकृत कृष्णाप्रसाद देवकोटाले जानकारी दिए ।
गाँउपालिका उपाध्यक्षमा कांग्रेसकै सरफुन नेशा ४१४१ मतका साथ निर्वाचित भएकी छन् ।उनकी निकटम प्रतिद्वन्द्वी एमालेकी निर्मला कुमारी चौरसियाले भने १८७२ मत मात्रै प्राप्त गरिन् ।
पकाहामैनपुर गाँउपालिकाको वडा नम्बर १ मा कांग्रेसका विनोद महेता ,वडा नम्बर २ मा मुकुट प्रसाद चौहान , वडा नम्बर ३ मा सन्जय प्रसाद चौहान , वडा नम्बर ४ मा ढेडी प्रसाद यादव र वडा नम्बर ५ मा वलिराम प्रसाद वरै वडाअध्यक्षमा निर्वाचित भएका छन् ।

