Madhes Khabar
राष्ट्रिय

सेना र प्रहरीमा जागिर खुल्यो

काठमाडौं,१७कार्तिक : नेपाली सेना र नेपाल प्रहरीमा जागिरका लागि आवेदन खुलेको छ । सेनाको भर्ना छनोट निर्देशनालयले अधिकृत क्याडेट पदका लागि आवेदन आह्वान गरेको छ ।

रिक्त २ सय २९ अधिकृत पदमा खुला तथा समावेशी प्रतियोगिताद्वारा पूर्ति गर्न आवेदन माग गरिएको निर्देशनालयले जनाएको छ । आउँदो मंसिर २३ गतेसम्म आवेदन दिन सकिने उल्लेख छ । दोब्बर दस्तुर बुझाएर एक हप्ता पछिसम्म आवेदन दिन सकिनेछ ।

यस्तै, नेपाल प्रहरीमापनि प्राविधिक प्रहरी निरीक्षकदेखि प्राविधिक प्रहरी सहायक निरीक्षकसम्मको पदमा आवेदन खुलेको छ । प्रहरी प्रधान कार्यालयले आज सूचना निकालेर १ सय २८ जनाका लागि आवेदन खुल्ला गरेको हो ।

दरखास्त दिँदा नेपाली नागरिकताको प्रमाणपत्र, आफूले प्राप्त गरेको शैक्षिक योग्यताको प्रमाणपत्र, नेपाल बाहिर अध्ययन गरेको हकमा उच्च माध्यमिक शिक्षा परिषद्, त्रिभुवन विश्वविद्यालयबाट समकक्षता निर्धारणको प्रमाण पत्र बुझाउनु पर्ने छ ।

Related posts

राष्ट्रपतिका लागि अबको बाटो राजीनामा मात्र हो: पूर्वराष्ट्रपति यादव

MadhesKhabar

बाढी र पहिरोमा परी दुई दिनमै १४ जनाको मृत्यु

MadhesKhabar

वीरगन्जमा जेसिसकाे राष्ट्रिय सम्मेलन: १० जना उत्कृष्ट युवा पुरस्कारबाट सम्मानित

MadhesKhabar

Leave a Comment