Madhes Khabar
राष्ट्रिय

वीरगन्जको मेयरमा सरावगी, राजेशमान भन्दा ६३ सय मतले पछाडि

मधेसखबर
वीरगन्ज,०४जेठ
:मधेस प्रदेशको एक मात्र वीरगन्ज महानगरको मेयरमा सत्तागठबन्धनले एमालेसंग ६ हजार भन्दा बढिको अग्रता लिएको छ ।
बुधबार बिहान १०.३० सम्म २३२२९ मत गणना हुदा मेयरमा गठबन्धनका उम्मेदवारले एमालेका उम्मेदवार भन्दा ६ हजार ३ सय ६० बढि मत प्राप्त गरेका छन् ।
गठबन्धनबाट जसपाका उम्मेदवार राजेशमान सिंहले ११९९५ मत प्राप्त गरेका छन् भने एमालेका उम्मेदवार विजय कुमार सरावगीले ५६३५ मत पाएका छन् । सिंहले सरावगीसंगको मतान्तर निरन्तर बढाउदै लगेका छन् ।
राप्रपाका उम्मेदवार गिरिश गिरीले भने ४५९ मत पाएका छन् ।
यस्तै उपमेयरमा गठबन्धनबाट काँग्रेसका उम्मेदवार इम्तियाज आलमले ८४२२ मतका साथ अग्रता कायम राखेका छन् ।
लोसपाका उम्मेदवार पुरुषोत्तमलाल झाले भने १४०७ मत पाएका छन् । उपमेयरमै स्वतन्त्र उम्मेदवार रम्भा मिश्रा भने २०७ मतका साथ तेश्रो स्थानमा छिन् । स्वतन्त्र उपमेयर उम्मेदवार रम्भा मिश्राले ९७१ मत पाएकि छन् ।
३२ वटा वडा रहेको वीरगन्ज महानगरपालिकामा शुक्रबार भएको मतदानमा ७३ प्रतिशत अर्थात ९४ हजार ६ सय मत खसेको थियो ।

Related posts

निजगढ अन्तर्राष्ट्रिय विमानस्थलकाे साइट क्लियर १ वर्षभित्र सक्छाै : प्रधानमन्त्री प्रचण्ड

MadhesKhabar

नवनियुक्त ३ मन्त्रीले लिए शपथ, कसलाई कुन मन्त्रालयको जिम्मेवारी ?

MadhesKhabar

नागरिकता विधेयकलाइ अब रोक्न सकिदैन: गृहमन्त्री खाँण

MadhesKhabar

Leave a Comment