Madhes Khabar
राष्ट्रिय

नागरिकता विधेयकलाइ अब रोक्न सकिदैन: गृहमन्त्री खाँण

मधेसखबर

वीरगन्ज,०२ भदौ :गृहमन्त्री बालकृष्ण खाँणले नागरिकता विधेयकलाई अब रोक्न नसकिने बताएका छन् ।

बिहीबार नागरिकता विधेयकमाथि प्रतिनिधिसभामा छलफलका क्रममा उठेको प्रश्नको जवाफ दिँदै मन्त्री खाँणले सहमति जुट्न सकेन भनेर पेन्डिङमा राख्न नसकिने बताए ।

‘अब लम्ब्याउन सक्ने अवस्था छैन । सहमति जुट्न सकेन पेन्डिङमा राखौं भन्दा जे उठिराख्या छ त्यो कुरा रोकिदैन । जसलाई सम्बोधन गर्नुपर्ने हो त्यसलाई (नागरिकता) दिन सकिँदैन’ मन्त्री खाँणले भने । नागरिकता विधेयक रोकिँदा नेपाली नागरिक आमाबाबुको सन्ततिलाई नागरिकता दिन नसकिने खाँण्ले बताए ।

‘थाती राख्दा तिनीहरु झनै प्रताडित हुने भए, तिनको संख्या बढिरहेको छ, उमेर बढिरहेको छ । उनीहरुको उर्जा सकिदै जान्छ’ उनले भने, ‘नागरिकता भएमा उद्योग धन्दा खोल्थे होलान्, कोही विदेश जान्थे होलान् ।’

नागरिकता विधेयक रोकिए पनि तत्काल नेपाली पुरुषसँग विवाह गर्ने विदेशी महिलालाई नागरिकतामा ७ वर्षे प्रावधान लागू गर्न नसकिने गृहमन्त्री  खाँणले बताए ।

Related posts

अब राष्ट्रिय परिचयपत्र र नागरिकताका लागि छुट्टाछुट्टै फारम भर्नु पर्दैन

MadhesKhabar

सुशासन र समृद्धिकाे संकल्प लिएर सरकारले काम गरिरहेको छ: गृहमन्त्री श्रेष्ठ

MadhesKhabar

आज कहाँकहाँ हुनेछ भारी वर्षा ?

MadhesKhabar

Leave a Comment