
काठमाडौं,९असोजःनिर्वाचन आयोगले आउँदो कात्तिक मसान्त (कात्तिक ३०)सम्म मतदाता नामावली संकलन र अद्यावधिक गर्ने निर्णय गरेको छ ।
आयोगको बिहीबार बसेको बैठकले कात्तिक मसान्तसम्म मतदाता नामावली संकलन गर्ने निर्णय गरेको हो । आयोगले दिएको जानकारीअनुसार कात्तिक मसान्तसम्म आगामी फागुन २० गतेसम्म १८ वर्ष उमेर पूरा हुने नागरिकले भोट हाल्न पाउने गरी मतदाता नामावली संकलन र अद्यावधिक गरिने भएको हो ।
जेनजी विद्रोहपश्चात् सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले आगामी फागुन २१ गतेका लागि प्रतिनिधी सभाको निर्वाचन घोषणा गरिसकेको छ । निर्वाचन घोषणापछि मतदाता नामावली संकलन रोकिने व्यवस्था रहेपनि बुधबार सरकारले अध्यादेशमार्फत उक्त व्यवस्थालाई परिमार्जन गरेसँगै नयाँ निर्णय गर्दै मतदाता नामावली संकलन र अद्यावधिक गर्ने निर्णय गरेको हो ।साभारःशीलापत्र

