Madhes Khabar
राष्ट्रिय

आज संविधान दिवस : देशभर सार्वजनिक विदा

काठमाडौं ,३असाेज: संविधान दिवस, २०८० आज बुधबार देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । देशभरका सरकारी तथा निजी कार्यालय, विदेशस्थित कूटनीतिक नियोग, राजनीतिक दल, नागरिक समाज, सङ्घसंस्थालगायतले विभिन्न कार्यक्रम गरी संविधान दिवस मनाउँदैछन् । संविधान दिवसमा आज सरकारले सार्वजनिक विदा दिएको छ।

सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा रामवरण यादवले २०७२ असोज ३ गते ‘नेपालको संविधान २०७२’ जारी भएको घोषणा गरेका थिए । संविधान निर्माण भएर कार्यान्वयनमा आएको आठ वर्ष पूरा भएको छ ।

नयाँ संविधान लागू भएको घोषणासँगै नेपालको अन्तरिम संविधान २०६३ खारेज भएको थियो । संविधान जारी हुँदा संविधानसभाको अध्यक्षका रूपमा स्वर्गीय सुवासचन्द्र नेम्वाङ थिए ।

सङ्घीयता, धर्म निरपेक्षता, समाजवादोन्मुख सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थालगायतका नयाँ व्यवस्था राखिएको यो संविधान जारी हुँदा संविधानसभाको प्रक्रियामा सहभागी दलका पाँच सय ३७ जना सभासदले हस्ताक्षर गरेका थिए। ‘नेपालको संविधान, २०७२’ मा ३५ भाग ३०८ धारा र ९ अनुसूची रहेका छन् ।

Related posts

गरिमाका आमा-बुवा र सरकारबीच भयाे ३ बुँदे सहमति, सहमतिपत्रमा के के लेखिएकाे छ ?

MadhesKhabar

स्वास्थ्यमन्त्री यादव आज स्वीट्जरल्याण्ड जाँदै

MadhesKhabar

मंसिर ४ गते एकै चरणमा चुनाव गर्ने सरकारको निर्णय

MadhesKhabar

Leave a Comment