काठमाडौं,१४जेष्ठःसंघीय सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप यादव स्वीट्जरल्याण्डको जेनेभा जाने भएका छन् ।
जेनेभामा सोमबारदेखि विश्व स्वास्थ्य संगठनको ७७ औँ महासभा सुरु भएको छ ।उक्त महासभा आगामी शनिबारसम्म चल्नेछ । मन्त्री यादव यसअघि गत शुक्रबार नै जेनेभा जाने तयारी भएपनि बदलिदो राजनीतिक घटनाक्रमले त्यसदिन उनको जेनेभा भ्रमण रोकिएको थियो ।
मन्त्री यादव सोमबार मध्यराति जेनेभाका लागि प्रस्थान गर्ने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ । स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. संगिता कौशल मिश्रा र स्वास्थ्य मन्त्रालय समन्वय महाशाखाका प्रमुख डा. चुमनलाल दास भने शुक्रबार नै जेनेभा गइसकेका छन् ।

