Madhes Khabar
राष्ट्रिय

वीरगन्ज महानगरमा राजेशमानको अग्रता ४२ सय भन्दा बढि

मधेसखबर
वीरगन्ज,०३,बैशाख :
वीरगन्ज महानगरको जारी मतगणनामा मेयरमा गठबन्धनका उम्मेदवार राजेशमान सिंहले अग्रता फराकिलो बनाउदै लगेका छन् ।

मतगणना शुरु भएदेखि नै अग्रता कायम राखेका सिंहले अहिले ४२११ मतको अग्रता लिएका छन् ।मङगलबार बिहान साढे ७ बजे सम्म १४६२० मत गणना हुदा जसपाका उम्मेदवार सिंहले ७३२० मत प्राप्त गरेका छन् ।

उनका निकटतम प्रचिस्पर्धी नेकपा एमालेका मेयर उम्मेदवार विजय कुमार सरावगीले भने ३१०९ मत मात्रै पाएका छन् । मेयरमा राप्रपाका उम्मेदवार गिरिश गिरीले भने २५० मत पाएका छन् ।

यस्तै महानगरको उपमेयरमा नेपाली काँग्रेसका उम्मेदवार इम्तियाज आलम ४९३२ मतका साथ अग्रस्थानमा छन् । उनलाइ लोसपाका उम्मेदवार पुरुषोत्तमलाल झाले ७८३ मतका साथ पछ्याइरहेका छन् । स्वतन्त्र उम्मेदवार रम्भा मिश्राले भने ५६० मत र राप्रपाकी उपमेयर उम्मेदवार विना जयसवालले ३८९ मत पाएकी छन् ।

Related posts

मधेसमा खानेपानीबाट कोही पनि बञ्चित हुने छैनन् : प्रधानमन्त्री ओली

MadhesKhabar

जाजरकोट भूकम्प : मृतक परिवारलाई २ लाख राहत, घाइतेको उपचार निःशुल्क

MadhesKhabar

वीरगन्जमा रहेका क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा आजपनि आएन फैसला

MadhesKhabar

Leave a Comment