Madhes Khabar
राष्ट्रिय

जाजरकोट भूकम्प : मृतक परिवारलाई २ लाख राहत, घाइतेको उपचार निःशुल्क

फाइल फोटो

काठमाडौं,१९कार्तिकः सरकारले जाजरकोट लगायतका जिल्लामा भूकम्पमा परी ज्यान गुमाएकाका परिवारलाई प्रतिमृतक परिवारलाई २ लाख रुपैयाँको दरले राहत उपलब्ध गराउने भएको छ ।आइतबार बिहान बसेको मन्त्रिपरिषद बैठकले उक्त निर्णय गरेको सरकारको प्रवक्ता समेत रहेकी सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन् ।

यस्तै मन्त्रिपरिषद बैठकले भुकम्पमा परि घाइतेहरुको उपचार खर्च सरकाररले नै व्यहोर्ने निर्णयपनि गरेको छ ।
सञ्चारमन्त्री शर्माका अनुसार मन्त्रिपरिषद बैठकले कर्णाली प्रदेशको राजधानी सुर्खेतलाई मुख्य सम्पर्कस्थल र बाँकेको नेपालगञ्जलाई सहायक सम्पर्कस्थल बनाएर खोज, उद्धार र राहत सम्बन्धी काम एकद्वार प्रणालीबाट गर्ने निर्णय पनि गरेको छ ।

भूकम्पबाट विस्थापित भएकाहरुलाई अस्थायी आवास र सुरक्षा प्रबन्ध मिलाउने निर्णय पनि बैठकले गरेको छ । अस्थायी आवासभित्र खाने कुराहरु पनि पर्ने मन्त्री शर्माले जानकारी दिइन् ।

प्रधानमन्त्री राहत कोषमा रकम जम्मा गर्नेहरुलाई धन्यवाद दिँदै सहयोगका लागि अपिल गर्ने निर्णयसमेत गरेको मन्त्री शर्माले जानकारी दिइन् ।

भूकम्पबाट क्षति भएका सडक, सन्चार लगायतका संरचना तत्काल मर्मत सम्भार गरी सन्चालनमा ल्याउने व्यवस्था सम्बन्धित निकायले गर्ने निर्णय गरेको छ । पुनर्निर्माणमा एकीकृत कार्ययोजना बनाई व्यवस्थित गर्ने निर्णय पनि नेपाल सरकार मन्त्रिपरिषद बैठकले गरेको छ ।

Related posts

राष्ट्रपति र सरकार विरुद्ध चरणबद्ध आन्दोलन गर्ने सिके राउतको घोषणा

MadhesKhabar

गृहमन्त्री लामिछानेविरुद्धको सहकारी ठगी मुद्दामा थप कागजपत्र झिकाउन सर्वोच्चको आदेश

MadhesKhabar

चुनावको मुखमा एक दर्जन जिल्लाका सिडीओको सरुवा

MadhesKhabar

Leave a Comment