Madhes Khabar
राष्ट्रिय

टिकटक बन्द गर्ने सरकारकाे निर्णय गलत छ : कांग्रेस महामन्त्री थापा

काठमाडौं,२७कार्तिक:नेपाली कांग्रेसका महामन्त्री एव‌ं प्रतिनिधि सभा सदस्य गगन थापाले सरकारले टिकटक बन्द गर्ने निर्णय लिएर उल्टो कदम हिँडेको बताएका छन‍्।

सोमबार बसेको मन्त्रिपरिषदको बैठकले टिकटक बन्द गर्ने निर्णय लिएको छ। त्यसको विरोधमा सामाजिक सञ्जालमा लेख्दै थापाले सरकार उल्टो हिँडेको बताएका हुन्।

उनले यो कदम गलत भएको बताएका छन्।

‘टिकटक बन्द गर्ने निर्णय गरेर सरकार उल्टो कदम हिँडेको छ। सामाजिक सञ्जालको दुरूपयोग गर्नेलाई निरुत्साहित गर्न नियमन आवश्यक छ तर सामाजिक सञ्जाललाई नियमन गर्ने नाममा बन्द गरिनु सरासर गलत हो,’ उनले लेखेका छन्, ‘यो एउटा सामाजिक सञ्जाल बन्द गर्ने नगर्ने भन्दा पनि यो सरकारको नियतको विषय हो।’

उनले यसले अभिव्यक्ति तथाा व्यैक्तिक स्‍वतन्त्रतालाई कुण्ठित गर्ने बताए।

‘यसमा सरकारको नियत ‘अभिव्यक्ति तथा व्यैक्तिक स्वतन्त्रता’ लाई कुण्ठित गर्ने देखियो। सरकारले यो कदम सच्चाउनु पर्छ, यसमा किन्तु परन्तु केही पनि चल्दैन,’ उनले भने।

Related posts

नेपालमा पनि ७ जनामा काेराेना पुष्टि

MadhesKhabar

सातामा दुई दिन बिदा दिने सरकारको निर्णय नेपाल राजपत्रमा प्रकाशित

MadhesKhabar

ओलीको पालामा नियुक्त गरिएका ११ देशका राजदूतलाई फिर्ता बोलाउने सरकारको निर्णय

MadhesKhabar

Leave a Comment