काठमाडौं,७ साउन : प्रधानमन्त्री केपी शर्मा ओलीले खानेपानीबाट कोही पनि बञ्चित नहुने बताएका छन्। बुधबार संसदमा प्रश्नोत्तर कार्यक्रममा सांसदहरुले गरेको प्रश्नको जवाफ दिदैं प्रधानमन्त्री ओलीले मधेस प्रदेशलाई सुख्खा क्षेत्र घोषणा गरेर पानीको समस्या समाधानका लागि आवश्यक पहलकदमी लिने काम भइरहेको बताए।
उनले मधेसमा खानेपानीबाट कोही पनि अलपत्र नपर्ने र सबैलाई पानीको व्यवस्था गरिने बताए। ’खानेपानीबाट कोही पनि अलपत्र पर्ने छैनन्। खानेपानीको व्यवस्था सरकारले गर्छ। आजमात्र मन्त्रिपरिषद्को बैठक बसेर सुख्खा क्षेत्र घोषणा गरिएको छ। यसले बजेट विनियोजन र आवश्यक खरिद प्रक्रियाका लागि सहज हुनेछ,’ उनले भने।साभारःअन्नपूर्णपोष्ट

