Madhes Khabar
राष्ट्रिय

मधेसमा खानेपानीबाट कोही पनि बञ्चित हुने छैनन् : प्रधानमन्त्री ओली

काठमाडौं,७ साउन : प्रधानमन्त्री केपी शर्मा ओलीले खानेपानीबाट कोही पनि बञ्चित नहुने बताएका छन्। बुधबार संसदमा प्रश्नोत्तर कार्यक्रममा सांसदहरुले गरेको प्रश्नको जवाफ दिदैं प्रधानमन्त्री ओलीले मधेस प्रदेशलाई सुख्खा क्षेत्र घोषणा गरेर पानीको समस्या समाधानका लागि आवश्यक पहलकदमी लिने काम भइरहेको बताए।

उनले मधेसमा खानेपानीबाट कोही पनि अलपत्र नपर्ने र सबैलाई पानीको व्यवस्था गरिने बताए। ’खानेपानीबाट कोही पनि अलपत्र पर्ने छैनन्। खानेपानीको व्यवस्था सरकारले गर्छ। आजमात्र मन्त्रिपरिषद्को बैठक बसेर सुख्खा क्षेत्र घोषणा गरिएको छ। यसले बजेट विनियोजन र आवश्यक खरिद प्रक्रियाका लागि सहज हुनेछ,’ उनले भने।साभारःअन्नपूर्णपोष्ट

Related posts

भारतले घटायाे नेपाललाई अनुदान सहायता

MadhesKhabar

२३ सदस्यीय मन्त्रिमण्डलमा कसको बरियता के ?

MadhesKhabar

नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा हालसम्म ८ डाक्टर पक्राउ ,अझै १५ जना निगरानीमा

MadhesKhabar

Leave a Comment