Madhes Khabar
राष्ट्रिय

नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा हालसम्म ८ डाक्टर पक्राउ ,अझै १५ जना निगरानीमा

काठमाडौं ,२६साउन: शैक्षिक प्रमाणपत्र नक्कली बनाएको आरोपमा अहिलेसम्म आठ जना डाक्टर पक्राउ परेका छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो प्रमुख एआईजी किरण बज्राचार्यका अनुसार यो प्रकरणमा प्रहरीले बिहीबार ५ जना र शुक्रबार ३ जनालाई नियन्त्रणमा लिएको हाे।

थप १५ जना डाक्टरको सर्टिफिकेटमाथि प्रहरीले अनुसन्धान अगाडि बढाएको छ। अनुसन्धान उपत्यका र बाहिरी जिल्लामा पनि केन्द्रित रहेको सीआइबी श्रोतले बतायो।

बिहीबार पक्राउ पर्नेमा मोरङ–३ बाट निर्वाचित नेपाली कांग्रेसका सांसद डा.सुनीलकुमार शर्मा, महोत्तरीको पिपरा–८ घर भएका डा. रञ्जितकुमार यादव, त्रिवि शिक्षण अस्पतालमा कार्यरत डा.अमित चौधरी, डा.रामबाबु यादव र डा.एरिना शाह रहेका छन्।

नक्कली शैक्षिक प्रमाणपत्र बनाउने विरुद्ध सञ्चालन गरिएको अपरेसनको नाम ‘फोक्सट्रोट चार्ली’ राखिएको छ। सिआईबीको डिएसपी डा. तपन दाहालको नेतृत्वमा यो अपरेसन चलिरहेको छ।

शुक्रबार थप तीन जना पक्राउ परेका छन्। शुक्रबार पक्राउ पर्नेमा काठमाडौंको गोठाटारकाे सुमेरु सिटी अस्पतालमा कार्यरत डा. पुनम थापा चौधरी , डा. श्रद्धा शिल्पकार र डा.मनित चौधरी रहेका छन्। मनितले मोरङमा क्लिनिक सञ्चालन गरिरहेका थिए। साभार:अन्नपूर्ण पाेष्ट

Related posts

नागरिकता विधेयक अगाडि बढाएर नागरिकाता विहिनहरुलाई न्याय दिन सांसद यादवको माग

MadhesKhabar

पप्पु कन्स्ट्रक्सनसहित ३४ ठेकेदारलाई सरकारले राख्यो कालोसूचीमा

MadhesKhabar

ग्यासलगायत इन्धनमा भएको मूल्यवृद्धि फिर्ता गर्न सरकारलाई चौतर्फी दबाब

MadhesKhabar

Leave a Comment