Madhes Khabar
राष्ट्रिय

उपसभामुखमा रास्वपाकी रानामगर निर्वाचित

काठमाडौं ,०७ माघ :उपसभामुखमा राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद इन्दिरा राना मगर निर्वाचित भएकी छन् । शनिबार उनलाई उपसभामुखमा निर्वाचित गरियोस् भनी रास्वपाकै सांसद सोबिता गौतमले राखेको प्रस्ताव बहुमतले पारित भयो ।

प्रतिनिधिसभाका २७५ सांसदमध्ये उपसभामुखको निर्वाचनमा २६४ जना सहभागी भएका थिए । जसमध्ये इन्दिराको पक्षमा १६६ र विपक्षमा ९७ मत पर्‍यो । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवाल भने तटस्थ रहे ।

इन्दिरालाई नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपालगायत सत्तारुढ गठबन्धनका दलहरुले मतदान गरे ।साभार:अनलाइनखबर

Related posts

चिकित्सक संघको केन्द्रिय उपाध्यक्षमा वीरगन्जका डाक्टर निरज सिंह निर्वाचित

MadhesKhabar

सोमबारसम्म राति यात्रा नगर्न सडक विभागले पनि गर्‍यो अनुरोध

MadhesKhabar

नागरिकता विधेयक संसदमा अगाडि बढाउने सत्ता गठबन्धनको निर्णय

MadhesKhabar

Leave a Comment