
माधुरी महत्तो
वीरगन्ज,०८जेठः बाराको कलैया स्थित जिल्ला प्रहरी कार्यालय बारा अगाडि आइतबार दिउँसो देखि प्रदर्शन भएको छ ।
जितपुर सिमरा उपमहानगरपालिका २० इनर्वासीरामा हत्या गरिएका २२ वर्षिय दिपक पासवानको हत्यामा संलग्नहरुलाइ कार्वाहीको माग गर्दै मृतकका आफन्त र गाँउलेले प्रहरी कार्यालय अगाडि आइतबार दिउँसो देखि प्रदर्शन गरेका हुन् ।
हत्यामा संलग्नहरुलाइ कार्वाहीको माग गर्दै किटानी जाहेरी दिन जादा प्रहरीले जाहेरी दर्ता गर्न नमानेको भन्दै उनिहरुले प्रहरी कार्यालय अगाडि नाराबाजी गर्दै प्रदर्शन गरेका छन् । प्रदर्शनका कारण कलैया वीरगन्ज सडकखण्डमा यातायात आवागमन पनि प्रभावित भएको छ ।
जितपुरसिमरा उपमहानगर २० का काँग्रेस समर्थक २२ वर्षिय दिपकको शव ,जेठ ४ गते हत्या गरि गाँउ छेउकै खोलामा फालिएको अवस्थामा भेटिएको थियो ।
हत्यामा वडाअध्यक्षमा निर्वाचित एमालेका रसुल अन्सारी सहित ५ जना एमाले कार्यकर्ताको संलग्नता रहेको मृतकका परिवारजनको आरोप छ ।

मृतकका परिवारजनका अनुसार , बैशाख ३० गते निर्वाचनका दिन मतदानका क्रममा एमाले समर्थकहरुसंग विवाद हुुदा उनिहरुले काँग्रेसका समर्थक दिपकलाइ ज्यान मार्ने धम्की दिएका थिए । त्यसको तीन दिन पछि जेठ ३ गते दिपक बेपत्ता भएका थिए । जेठ ४ गते गाँउ छेउकै खोलामा दिपकको निर्मम तरिकाले हत्या गरि शव फालिएको अवस्थामा भेटिएको थियो ।
हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले दुइ जनालाइ पक्राउ गरिसकेको छ । तर हत्यामा नवनिर्वाचित वडाअध्यक्ष अन्सारी सहित ५ जनाको संलग्नता रहेकोे भन्दै उनिहरु विरुद्ध प्रहरी कार्यालयमा कटिानी जोहरी दिन जादा प्रहरीले जाहेरी दर्ता गर्न नमानेको मृतककी आमा सुनैना पासवानले
बाराका प्रहरी उपरिक्षक दिलिपसिंह देउवाले भने पिडित पक्षको जाहेरी दर्ताकै विषयमा जिल्ला प्रहरी कार्यालयमा छलफल भइरहेको बताए ।

