Madhes Khabar
राष्ट्रिय

बाढी पहिरो अपडेट : देशभर ५० जनाको मृत्यु, दर्जनौँ बेपत्ता

काठमाडौं,१२असाेज:अविरल वर्षापछि आएको बाढी पहिरोका कारण देशभर ठूलो जनधनको क्षति भएको छ ।

शनिबार दिउँसो २ बजेसम्म देशभर कम्तीमा ५० जनाको मृत्यु भएको छ भने दर्जनौँ बेपत्ता छन् । बाढीमा फसेका सयौँ मानिसहरूको उद्धार भएको छ ।

शनिबार दिउँसोसम्म काठमाडौंमा ११, ललितपुरमा १६, भक्तपुरमा ५, काभ्रेपलाञ्चोकमा ६, सिन्धपाल्चोकमा २, पाँचथरमा ५, धनकुटामा २, सिन्धुली, झापा र धादिङमा १-१ जनाको मृत्यु भएको छ ।

बाढीपहिरोमा परेर दर्जनौँ घाइते भएका छन् भने अरू दर्जनौँ बेपत्ता छन् । प्रहरीका अनुसार बाढीपहिरो तथा डुबानमा परी काठमाडौं उपत्यकामा मात्रै हालसम्म ३२ जनाको मृत्यु भएको छ । १२ जना बेपत्ता रहेका छन् । उपत्यकामा मात्रै बाढीमा फसेका १०५३ जनाको उद्धार गरिएको छ ।

उपत्यकामा बाढीले चार वटा पक्की घर भत्काएको छ भने एक हजार २४४ घर डुबानमा परेका प्रहरी प्रधान कार्यालयका एसएसपी विश्व अधिकारीले जानकारी दिए ।

प्रहरीका अनुसार देशभर ४४ जिल्लामा बाढी, पहिरो, डुबान र कटानले क्षति पुर्‍याएको छ । त्यसमध्ये ३९ जिल्लाका विभिन्न सडक खण्ड पूर्णरुपमा अवरुद्ध भएका छन् । केही ठाउँमा सडक खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।साभार:ईकान्तिपुर

Related posts

आज कहाँकहाँ हुनेछ भारी वर्षा ?

MadhesKhabar

रवि सांसदबाट पदमुक्त भएपछि अब चितवन-२ मा उपनिर्वाचन हुने

MadhesKhabar

सुनकाण्डमा गृहमन्त्रीको राजीनामा मागेका कांग्रेस सांसद सुनिल शर्मा पक्राउ

MadhesKhabar

Leave a Comment