Madhes Khabar
पर्यटन मधेस प्रदेश राष्ट्रिय समाज स्थानिय

पर्सा राष्ट्रिय निकुञ्जमा गौरी गाई (गौर) को संख्या बढयो


वीरगन्ज ,९ वैशाख । पर्सा राष्ट्रिय निकुञ्जमा गौरी गाई (गौर) को संख्या बढेको छ । २०७३ सालको गणनामा १०५ रहेका गौरी गाईको संख्या बढेर अहिले १६४ पुगेको हो । गौरी गाई संरक्षित सूचीको वन्यजन्तु हो । निकुञ्जका सूचना अधिकारी सन्तोष कुमार भगतका अनुसार कूल १६४ मा १३१ वयस्क, १७ अर्धवयस्क र १६ बच्चा गौरी गाई छन् । वन्यजन्तु सप्ताहको अवसर पारेर निकुञ्जले ४ गतेदेखि ६ गतेसम्म निकुञ्जको सबै भागमा गौरी गाईको गणना गरेको थियो ।

गणनाका लागि निकुञ्ज र नेपाली सेना गरी १ सय २० जना खटिएका थिए । गणनाका लागि हात्ती प्रयोग गरिएको थियो । चुरेको फेद–घाँच, पानीका घोल–पोखरी भएका क्षेत्र, बाक्लो घाँसे क्षेत्र गौरी गाईको मुख्य बासस्थल हो । समूहमा बस्न रुचाउने गौरी गाईका बच्चालाई बाघले सिकारमा समेत प्रयोग गर्ने गरेको छ । सिङका लागि अवैध सिकार हुन थालेपछि आईयूसीएनले सन् १०९६ पछि गौरी गाईलाई खतराको सूचीमा राखेको छ । विश्वमा गौरी गाईको संख्या ७० प्रतिशतले घटिरहेको आईयूसीएनले उल्लेख गरेको छ ।

Related posts

वीरगन्जको अर्को एक वडामा पनि काँग्रेसलाइ झट्का, २४ मा एमाले विजयी

MadhesKhabar

यी हुन् यसपालि मधेसमा चुनाव हारेका १८ पूर्वमन्त्रीहरु

MadhesKhabar

पर्साको सखुवा प्रसौनीमा विधुतको सुरक्षित प्रयोगबारे सन्देशमुलक ‘सडक नाटक’ प्रदर्शन

MadhesKhabar

Leave a Comment