Madhes Khabar
स्थानिय

उपमेयर आलम नेतृत्वको टोलीद्धारा बजार अनुगमन

मधेसखबर
वीरगन्ज,२७ मंसिर : वीरगन्ज महानगरपालिकाले मङगलबार विभिन्न पसलको अनुगमन गरेको छ । महानगरका ब्यवस्थापन तथा अनुगमन समितिका संयोजक समेत रहेका उपमेयर इम्तियाज आलमको संयोजत्वको टोलीले पसलहरुको अनुगमन गरेको हो ।

अनुगमनकै क्रममा एक पसलबाट अदिती ब्राण्ड भएको २८ ग्राम तौल भएको ५७६ प्याकेट पिनट्स (बदाम) म्याद नाघेको पाइएकोले नष्ट गरेको छ ।पसलधनी र अनुगमन टोलीका प्रतिनिधिहरुको रोहबरमा उक्त पिनट्स नष्ट गरिएको हो ।

अनुगमन टोलीमा महानगरका खाध अनुसन्धान अधिकृत विपिन कुमार लालदास, महानगरपालिकाका प्रतिनिधि कन्हैया ठाकुर जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि ब्रह्मदेव प्रसाद यादव गुणस्तर तथा नापतौल कार्यालयका प्रतिनिधि सुशान्त चौधरी ,वीरगन्ज उद्योग बाणिज्य संघका प्रतिनिधि मनोज कुमार दास लगायतको सहभागीता थियो ।

Related posts

घण्टाघर छेउको विपी उद्यानको बजार खाली गर्न वीरगन्ज महानगरले दियो ७ दिने अल्टिमेटम

MadhesKhabar

फेसबुकमा भाइरल नेशनल मेडिकल कलेजको भिडियो प्रकरण के हो ? … (भिडियोसहित)

MadhesKhabar

वीरगन्जमा इजी इट्सले मनायो तेस्रो वार्षिकोत्सव

MadhesKhabar

Leave a Comment