Madhes Khabar
स्थानिय

पर्सामा विद्युत चाेरेर प्रयाेग गरेका ८ जना पक्राउ

मधेसखबर
वीरगन्ज ,३०फागुन: विद्युत चाेरी गरि प्रयाेग गरेकाे आराेपमा पर्साकाे ग्रामीण भेगबाट ८ जना पक्राउ परेका छन् ।

नेपाल प्रहरी र सशस्त्र प्रहरीका साथमा नेपाल विद्युत प्राधिकरण पाेखरिया वितरण केन्द्रबाट खटिएको टाेलीले साेमबार राति विभिन्न गाँउबाट ८ जनालाई पक्राउ गर्नुका साथै १ थान विद्युतीय माेटर पनि नियन्त्रणमा लिएकाे छ ।

पक्राउ पर्नेहरुमा बिरन्चीबर्वाका असर्फी राउत र जवाहिर राम,झाैवागुठीका बाबर अली,पचरुखीका खेदन रायभर,हरदियाका सराेज यादव र मनमाेद प्रसाद यादव,बहुअर्वाका सुरेन्द्र रायभर र महुवनका जितेन्द्र राम रहेका छन् ।

पक्राउ परेकाहरुलाई आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय पाेखरियामा बुझाइएको विद्युत प्राधिकरण पाेखरिया वितरण केन्द्रका प्रमुख जगर्नाथ झाले जानकारी दिए ।

Related posts

वीरगन्जमा सांकेतिक भाषा सम्बन्धि १० दिने तालिम सम्पन्न

MadhesKhabar

सखुवा प्रसाैनी गाउँपालिकाका अध्यक्ष यादव माथि आक्रमणको प्रयास

MadhesKhabar

वीरगन्जमा जन्ती र गाँउले बिच झडप : ३ जना घाइते , १० जना पक्राउ

MadhesKhabar

Leave a Comment