
क्रान्ति शाह
वीरगन्ज, २४ बैशाख : वीरगन्ज महानगरपालिका वडा नम्बर १ मा शनिवार पनि नेपाली काँग्रेसले चुनावी घरदैलो कार्यक्रम गरेको छ ।
वडा नम्बर १ मा काँग्रेसका वडाअध्यक्षका उम्मेदवार ओमप्रकाश गुप्ता (ओमी) ले केन्द्रिय र जिल्ला स्तरका काँग्रेस नेताहरुको साथमा चुनावी घरदैलो कार्यक्रम गरेका हुन् ।
घरदैलो कार्यक्रममा काँग्रेसका केन्द्रिय सदस्य एंव पूर्वमन्त्री अजय चौरसीया , काँग्रेसका पुर्व जिल्ला सभापति एंव संविधानसभा सदस्य राजेन्द्र बहादुर अमात्य , क्षेत्रीय सभापति महम्मद शाहबुद्धिन लगायतका नेताहरुको पनि सहभागीता थियो ।
घरदैलो कार्यक्रममा काँग्रेस केन्द्रिय सदस्य चौरसीया र नेता अमात्यले पनि मतदाताको घर घरमा पुगेर वडा अध्यक्षका उम्मेदवार गुप्ता सहितका काँग्रेसका उम्मेदवारलाइ मत दिएर विजयी बनाउन आग्रह गरे ।
उनिहरुले काँग्रेसकै नेतृत्वमा हरेक राजनीतिक परवर्तन भएको र हरेक संकटबाट देशलाइ निकाल्न काँग्रेसकै नेतृत्व आवश्यक परेको कुरा पटक पटक प्रमाणीत भइसकेको कुरा मतादातालाइ बुझाउदै वीरगन्ज १ को विकास पनि काँग्रेसले नै गर्ने बताएका थिए ।
वडा अध्यक्षका उम्मेदवार गुप्ताले विगतमा आफु वडा सदस्य रहेका बेला आफुले वडा नम्बर १ का जनताको हरेक सुखदुखमा साथ दिएको स्मरण गराउदै उनले वडा अध्यक्षमा निर्वाचित भएको खण्डमा वडाको विकास र समृद्धि आफनो पहिलो प्राथमिकतामा रहने प्रतिबद्धता जनाए ।
घरदैलो कार्यक्रममा काँग्रेस बुथ सभापति विजय सहनी , वडा सदस्यका उम्मेदवार कन्हैया साह कानु , नूरआलम मिया मन्सरी , महिला सदस्य रितादेवी कलवारीन् , दलित महिला सदस्य शीव कुमारी देवी तत्वाको पनि सहभागीता रहेको थियो ।

