Madhes Khabar
स्थानिय

बारामा १५ लाख मुल्य बराबरकाे माेबाइलसहित एक तस्कर पक्राउ

वीरगन्ज,१२पुष:बारामा भारतबाट तस्करी ल्याइएका १५ लाख रुपैयाँ मुल्य बराबरकाे माेबाइलसहित एक जनालाई प्रहरीले पक्राउ गरेकाे छ।

तस्करीको माेबाइलसहित पक्राउ पर्नेमा बाराकाे बारागढी गाँउपालिका वडा नम्बर ३ खाेपवाका रुपन भन्ने रुप नारायण चाैधरी रहेका छन्। विभिन्न कम्पनीका ५१ थान मोबाइल र चार्जरसहित प्रहरीले चौधरीलाई पक्राउ गरेको हो ।

विशेष सूचनाको आधारमा बुधबार राति खटिएको प्रहरी टाेलीले चौधरीको घरमा छापामारी गर्दा विभिन्न कम्पनीका ५१ थान मोबाइल, ४८ थान चार्जर र ९ थान ब्याट्री बरामद गरेको बाराका प्रहरी उपरीक्षक सुरेशप्रसाद काफ्लेले जानकारी दिए ।

मोबाइलसहित पक्राउ परेका चौधरीलाई जिल्ला प्रहरी कार्यालय बाराकाे हिरासतमा राखेर थप अनुसन्धान भइरहेको काफ्लेले बताए ।

Related posts

वीरगन्ज मेनरोड विस्तारको मुद्दामा सर्वोच्च अदालतमा पेसी चढेर भयो सुनुवाई, अब के हुन्छ ?

MadhesKhabar

पर्साकाे झबराहामा रहेका रक्सी भठ्ठीहरुमा पुग्न थाल्याे प्रहरीको नजर

MadhesKhabar

वीरगन्जको सम्मेलनमा देशभरबाट ७०० कानुन व्यवसायी महिला सहभागी हुदै

MadhesKhabar

Leave a Comment