Madhes Khabar
स्थानिय हेडलाइन

अव्यवस्थित तार हटाउँदै वीरगन्ज महानगर

वीरगन्ज,१४बैशाख:वीरगन्ज महानगरपालिकाले महानगर क्षेत्रभित्र अव्यवस्थित रुपमा रहेका इन्टरनेट तथा टेलिफोनका तारहरू आइतबारबाट काटेर हटाउने भएको छ ।

बिहीबार महानगरक्षेत्रमा सेवा प्रवाह गर्ने सेवा प्रदायक कम्पनीका प्रतिनिधिसहितको बैठकले नगरक्षेत्रको अव्यवस्थित तार काटेर हटाउने निर्णय गरेको हो ।

पहिलो चरणमा आइतबारदेखि घण्टाघर क्षेत्रबाट अव्यवस्थित तार हटाउने काम सुरु गरिने निर्णय गरिएको महानगरका प्रशासन प्रमुख राजकृष्ण ताम्राकारले जानकारी दिए।

महानगरले पटक पटक तार व्यवस्थापनका लागि पहल गर्दा समेत सेवा प्रदायक कम्पनीले चासो नदेखाएपछि आइतबारबाट भने काटेरै हटाउन लागिएको हो ।

बिहीबारको बैठकमा महानगरभित्र सेवा प्रवाह गर्ने सबै इन्टरनेट तथा केवल सेवा प्रदायकका प्रतिनिधि बोलाइएको भए पनि ५ वटा सेवा प्रदायकका प्रतिनिधि मात्रै सहभागि भएका थिए ।

नेपाल टेलिकम, सीजी नेटवर्क, भायनेट, म्याक्स र हकनेटका प्रतिनिधि बैठकमा सहभागि थिए ।
वीरगन्जको मुख्य सडक र शाखा सडक छेउमा रहेका विद्युतीय पोल र टेलिकमका पोलहरूमा विभिन्न कम्पनीका नेट सेवा प्रदायक तथा अन्य संस्थाहरूले टाँगेका तारहरू अव्यवस्थित रहेको र यसले महानगरको सौन्दर्यतालाई नै कुरूप बनाएकोले महानगरले व्यवस्थापनको लागि पटक पटक प्रयास गर्दै आइरहेको छ ।

अव्यवस्थित तारका कारण नगर क्षेत्रमा दुर्घटना हुँदै आएको र आगामी दिनहरूमा पनि यसबाट अन्य मानवीय दुर्घटना हुन सक्ने हुँदा ती तारहरूको व्यवस्थापन गर्न तार काटेरै अघि बढ्न थालेको हो ।

बैठकमा सहभागि सेवाप्रदायक कम्पनीका प्रतिनिधिहरुले तार व्यवस्थापनमा अटेर गर्ने सेवा प्रदायकलाई जरिबाना गर्ने व्यवस्था सुरु गर्न पनि आग्रह गरेका थिए ।

Related posts

पर्सामा गाेली चल्याे, एक जना घाइते

MadhesKhabar

पत्रकार गुप्तालाई ज्यान मार्ने धम्की दिने वडाध्यक्षका छोरालाई कारबाही गर्न माग

MadhesKhabar

कलैयाकाे भरत चाेकमा सेनाले बनाएकाे नेपाल–अंग्रेज युद्ध झल्काउने पार्क हस्तान्तरण

MadhesKhabar

Leave a Comment