Madhes Khabar
मधेस प्रदेश हेडलाइन

दशैंका बेला मधेस प्रदेशमा भएका सवारी दुुर्घटनामा २९ को मृत्यु , ३१३ घाइते

मधेसखबर
वीरगन्ज,२१ असोज : दसैंको अवधिमा मधेश प्रदेशमा भएका सवारी दुर्घटनामा परेर २९ जनाको मृत्यु भएको छ । ती दुर्घटनामा ३१३ जना घाइते पनि भएका छन् ।

गत शनिबार देखि शुक्रबार सम्म मधेसका आठ वटै जिल्लामा गरि १६३ वटा सवारी दुर्घटना भएको नेपाल प्रहरीको मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रवक्ता प्रहरी उपरीक्षक सुमन कुमार तिम्सिनाले जानकारी दिए।

 

शनिबारदेखि शुक्रबार बिहान सम्म भएको सवारी दुर्घटनामा १६ जना पुरुष, ९ जना महिला र ४ बालबालिकाको मृत्यु भएको हो । यस्तै ३१३ जना घाइते भएकोमा २ सय ९ जना पुरुष, ५३ महिला र ५२ जना बालबालिका छन्।

 

दशैं अवधीमा मधेस प्रदेशको बारा जिल्लामा सबैभन्दा बढी २० जनाको मृत्यु भएको छ । जसमा १० जना पुरुष, ८ जना महिला र २ जना बालबालिका रहेका छन्। बारामा भएको दुर्घटनामा परेर ५० जना घाइते भएको मधेस प्रदेश प्रहरी कार्यालयले जनाएको छ।

त्यस्तै रौतहटमा ३, महोत्तरीमा २, सिरहा, पर्सा, धनुषा र सर्लाहीमा १–१ जनाको सवारी दुर्घटनामा मृत्यु भएको प्रहरीले जनाएको छ ।

 

Related posts

एडिबीको सहयोगमा सिर्सिया नदिको प्रदुषण नियन्त्रणको काम छिट्टै सुरु हुदैंछ : मन्त्री यादव

MadhesKhabar

प्रचण्ड सरकारविरुद्ध वीरगन्जमा रास्वपाकाे प्रदर्शन

MadhesKhabar

वीरगन्जको नबिल बैंकबाट १ कराेड बढी रकम चाेरी प्रकरण : अहिलेसम्म ४ जना पक्राउ

MadhesKhabar

Leave a Comment