Madhes Khabar
स्थानिय हेडलाइन

वीरगन्जलाई डुबानबाट बचाउन पूर्व तयारी: मुख्य नाला सफाईमा तिब्रता

वीरगन्ज,६बैशाख:वीरगन्ज महानगरपालिकाले मुख्य नाला सफाइलाई तिब्रता दिएको छ ।वर्षाको समय नजिकिएको र बजार डुबान हुनबाट बचाउन मुख्य नाला सफाई अनिवार्य रहेकाले हुलाक कार्यालयदेखि भन्सार क्षेत्रसम्मको मुख्य नाला सफाई धमाधम भइरहेको हो।

छपकैयास्थित पानी प्रशोधन केन्द्रदेखि उत्तरतर्फ सफाइको कम सकेर अहिले दक्षिणतर्फ भन्सारसम्म सफाईको काम चलिरहेको छ।महानगरका मेयर राजेशमान सिंहले वर्षाको समयमा डुबानको समस्या हुन नदिन अहिलेबाटै तयारी स्वरुप मुख्य नाला सफाई गरिएको बताए ।मुख्य नाला सफाई सँगसँगै सहायक नाला सफाई समेत भइरहेको पनि उनले बताए ।

 

महानगरका तीनवटा स्काभेटर र थप अर्को चेन स्काभेटरको माध्यमबाट नाला सफाईको काम तिब्र पारिएको पनि उनले बताए ।स्काभेटरले सफाई गर्न सक्ने ठाउँमा स्काभेटर र स्काभेटरले गर्न नसक्ने ठाउँमा मान्छे नै लगाएर सफाई गरिरहेको उनको भनाई छ । नाला सफाई कार्यको अवलोकन गर्दै मेयर सिंहले नाला सफाईको काम सकिएपछि अब वीरगंज नडुब्ने बताए।

‘नालाको आधा भन्दा बढी भाग माटोले पुरिँदा पानी सहज रुपमा बग्न सकेको थिएन,’ मेयर सिंहले भने, ‘सहरको करिब ८० प्रतिशत पानी बग्ने मुख्य नाला सफाई भए मात्रै वीरगंज डुबानबाट बँच्ने भएकाले यसको सफाई प्रमुख प्राथमिकतामा राखेर गरिरहेका हौं ।’ विगतदेखि नै सफाई गरिएकाले गएको दुई वर्षदेखि वीरगन्ज डुबान मुक्त पारिएको बताउँदै उनले अहिले पनि मुख्य नालाको सुरुदेखि अन्तिम बिन्दुसम्मै सफाईको काम चलिरहेको बताए ।

मेयर सिंहले नालामा जथाभावी फोहर नफाल्न पनि नगरबासीलाई आग्रह गरेका छन् । ‘सरसफाईमा नागरिक सहभागिता जरुरी छ, महानगरपालिकाले एक्लै गरेर मात्र हुँदैन,’ उनले भने,‘नागरिक सहभागिता जरुरी छ, नागरिकमा चेतना र जागरण आवश्यक छ, हामीले जनचेतना फैलाउने काम पनि गर्छौैं, पटक–पटक अटेर गरिए कारबाही पनि गर्छौं ।’

मुख्य नाला सफाई गर्न अहिले चार वटा स्काभेटर र २५ जना सफाईकर्मी दैनिक रुपमा खटिरहेको महानगरपालिकाका हरियाली तथा सरसफाई संयोजक जयप्रकाश खेतानले जानकारी दिए।मुख्य नालाको निरन्त सफाईले विगत दुइ वर्षदेखि वीरगंज बजार क्षेत्र डुबान मुक्त बनेको छ ।

Related posts

रेडीयो वीरगंजको २२ औँ वार्षिकउत्सवमा २ सय २२ जनाले गरे रगतदान

MadhesKhabar

वीरगन्जकाे विकास र समृद्धिका लागि युवाकाे साथ र सहयाेग चाहेकाे छु: मेयर सिंह

MadhesKhabar

पर्साका सिडिओ अर्यालले भने: क्याम्पसबाट भएको सामान्य त्रुटि हो, हामी मतगणना गराउँछौं

MadhesKhabar

Leave a Comment