Madhes Khabar
स्थानिय हेडलाइन

टिकटक बन्द गर्ने सरकारकाे निर्णय स्वागत याेग्य छ : सांसद यादव

वीरगन्ज,२७कार्तिक: जनता समाजवादी पार्टीका प्रमुख सचेतक प्रदीप यादवले नेपालमा टिकटक बन्द गर्ने सरकारकाे  निर्णयकाे स्वागत गरेका छन‍्।
सोमबार बसेको मन्त्रिपरिषदको बैठकले टिकटक बन्द गर्ने निर्णय लिएको छ। त्यसको समर्थनमा  सामाजिक सञ्जाल फेसबुकमा लेख्दै पुर्व वनमन्त्री एंव पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य समेत रहेका यादवले टिकटक बन्द गर्ने सरकारकाे निर्णयकाे स्वागत गरेका हुन्।
उनले टिकटक बन्द गर्ने निर्णय गरेकाेमा सरकारलाई धन्यवादपनि दिएका छन्।
सामाजिक सञ्जाल फेसबुकमा यादवले लेखेका छन्,‘धन्यवाद नेपाल सरकार। नेपाल सरकारले सामाजिक सञ्जाल टिकटक बन्द गर्ने निर्णय गरेको छ । सो निर्णय स्वागत योग्य छ।नेपाल सरकार लाई धन्यवाद दिन चाहन्छू।’

Related posts

मेन रोड अतिक्रमण गरि बनाइएका संरचना हटाउन वीरगन्ज महानगरको निर्देशन

MadhesKhabar

गृहमन्त्री लेखकले भने : यतिका दिन भइसक्दा पनि वीरगन्जमा हैजा फैलिनुको कारण पत्ता लागेकोे छैन

MadhesKhabar

वीरगन्जबाट आइतबार देखि रोकिएको युरिया मलको ढुवानी सहमतीपछि शुरू

MadhesKhabar

Leave a Comment