Madhes Khabar
स्थानिय हेडलाइन

वीरगन्जबासीलाई पूर्वमन्त्री यादवको उपहारः “वीरगन्ज खानेपानी वितरण प्रणाली” परियोजनाको कार्यन्वयन सुरु

वीरगन्ज,१४पुसःवीरगन्जमा केहि वर्षयता देखि विशेष गरी गर्मीको मौसममा हुदैं आएको खानेपानी अभावको समस्या दीर्घकालिन समाधानको प्रकृया सुरु भएको छ ।

संघीय सरकारमा खानेपानी मन्त्रीमा रहदाँ पर्सा क्षेत्र नम्बर १ का निवर्तमान सांसद प्रदीप यादवले अघि सारेको “वीरगन्ज खानेपानी वितरण प्रणाली” परियोजना कार्यन्वयनको प्रकृया सुरु भएको हो । उक्त परियोजना निर्माणका लागि महानगरपालिकाले ठेक्का आह्वान गरेको छ ।

विगत चार वर्षदेखि विशेष गरी गर्मीयाममा खानेपानीको विकराल समस्या झेल्दै आएका वीरगन्ज्बासीलाई २४ घण्टे सुरक्षित तथा शुद्ध खानेपानी उपलब्ध गराउने महत्वकांक्षी पूर्वमन्त्री यादवले आँफु खानेपानी मन्त्रीमै रहदाँ अगाडि सारेका थिए ।

उक्त परियोजना अन्तर्गत वीरगन्ज महानगरपालिकाको वडा नम्बर १ देखि १४, १६ र २४ सम्मका शहरी क्षेत्रमा पाँच वटा आधुनिक ओभर हेड ट्यांकी निर्माण गरिनेछ ।ती ओभर हेड ट्यांकीहरू चिनीमील, पदम रोड, वडा नम्बर २४, जिल्ला प्रशासन कार्यालय पर्साको पछाडि र आदर्शनगरमा निर्माण गरिने छ । प्रत्येक ट्यांकीको क्षमता ३ देखि ८ लाख लिटरसम्म हुनेछ । साथै, शहरभरि ३२२ किलोमिटर लम्बाईमा उच्च गुणस्तरको पाइपलाइन विस्तार पनि गरिने र त्यही पाइपबाट महानगरका १६ वटा वडामा खानेपानी वितरण गरिने बताइएको छ ।

एसियाली विकास बैङ्क (एडिबी) को सहकार्यमा निर्माण गर्न लागिएको उक्त परियोजनामा पाइप लाइनमार्फत वितरण गरिने पानीको उच्च प्रविधिको प्रयोग गरी नियमित निरीक्षण गर्नुका साथै समयसमयमा पाइपलाइनको मर्मत सम्भारपनि गरिने उल्लेख छ ।जसका कारण पाइप फुट्ने, लिकेज हुने जस्ता पुराना समस्याहरू पूर्ण रूपमा निर्मूल हुनेछन् ।

उनको दूरगामी सोच र विभिन्न दातृ निकायसँगको प्रभावकारी संवादले नै एसियाली विकास बैङ्क (एडिबी) को ठुलो लगानी यो परियोजनामा सम्भव भएको हो ।

पूर्वमन्त्री यादवले महत्वकांक्षी परियोजना निर्माणभई सञ्चालनमा आएपछि वीरगन्जमा वर्षौदेखिको खानेपानीको समस्या दीर्घकालिन रुपमा समाधान हुने बताएका छन् । साथै यसले वीरगन्जका लाखौँ नागरिकले शुद्ध र नियमित खानेपानी पाउने मात्र नभई स्वास्थ्य, सरसफाइ र जीवनस्तरमा पनि उल्लेखनीय सुधार आउने अपेक्षा गरिएको उनले बताएका छन् ।

 

Related posts

सरकारले नीति र बजेट बनाउँदा वीरगन्जसंग बेइमानी गर्दै आएको छ : सांसद यादव

MadhesKhabar

वीरगन्जको पानीटंकी क्षेत्रका अधिकांश प्याथोलोजी ल्याबहरु स्वीकृति बेगर नै संचालन

MadhesKhabar

जेनजी अगुवा सुदन गुरुङले घरमै पसेर फेरि जलाइ दिने धम्की दिएको भन्दै किसान श्रेष्ठले मागे सुरक्षा

MadhesKhabar

Leave a Comment