Madhes Khabar
स्थानिय हेडलाइन

तस्करीको सामान भेटिएपछि वीरगन्जको पाथीभरा ट्रान्सपोर्टमा प्रहरीको सिलबन्दी

मधेसखबर
वीरगन्ज,०२ माघ :वीरगन्जको एक ट्रान्सपोर्टमा तस्करीको सामान फेला परेपछि प्रहरीले सिल गरेको छ ।वीरगन्ज महानगरपालिका वडा नम्बर १० आदर्शनगर स्थित राजेश मल्लिकले सन्चालन गरेको श्री पाथीभरा ट्रान्सपोर्ट प्रहरीले सिल गरेको हो ।

पाथीभरा ट्रान्सपोर्टमा भारतबाट भन्सार राजश्व छलेर ल्याइएका सामानहरु भण्डारण गरेको सुचना पाएर वडा प्रहरी कार्यालय वीर्ताबाट प्रहरी निरिक्षक विशाल मल्लको नेतृत्वमा आइतबार राति खटिएको प्रहरी टोलीले गोदाममा खानतलाशी गरेको थियो । त्यसक्रममा राजश्व छलेर भित्रयाइएका कपडा, हार्डवेयर , चकलेट लगायतका सामान फेला परेपछि उक्त ट्रान्सपोर्ट सिल गरिएको प्रहरी निरिक्षक मल्लले जानकारी दिए ।

ट्रान्सपोर्ट सिल गरेर यस बारे राजश्व अनुसन्धान कार्यालय पथलैयामा खबर गरिसकिए र यसपछिको आवश्यक प्रकृया राजश्व अनुसन्धान कार्यालयले नै अगाडि बढाउने मल्लले जानकारी दिए ।

Related posts

मतदान गरेपछ पुर्वमन्त्री यादवले भने : मधेसका जनता पहिचान र अधिकारका लागि लड्नेकाे पक्षमा छन्

MadhesKhabar

१५ लाख भन्दा बढी खर्च गरेर घडिअर्वा छठघाटकाे सजावट

MadhesKhabar

वीरगन्जमा फेरि तनाव : ठाँउठाँउमा टायर बालेर प्रदर्शन, दुई पत्रकार घाइते

MadhesKhabar

Leave a Comment