Madhes Khabar
राजनीति हेडलाइन

मैले गरेका कामहरु नै मेरो जितको आधार हो : प्रदीप यादव

मधेसखबर
वीरगन्ज, १५ कार्तिक : पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधीसभा सदस्यमा जनता समाजवादी पार्टी (जसपा) का उम्मेदवार प्रदीप यादवले मङगलबार वीरगन्ज महानगरपालिका वडा नम्बर १५ का विभिन्न टोलमा चुनावी घरदैलो गरि मतदातालाई भेटेका छन् ।

छठ पूजा सकिए लगत्तै चुनावी प्रचार प्रसारलाई तिब्र पारेका पूर्व मन्त्री यादवले मङगलबार बिहान नेता कार्यकर्ता सहित वडा नम्बर १५ मा पुगेर मतदातालाई भेट्दै उनिहरुका समस्या र गुनासो पनि सुने । त्यस क्रममा उनले यसपालिको निर्वाचन सहि नेता चुन्ने अवसर पनि भएकाले काम गर्ने नेतालाई नै जनताले अवसर दिनु पर्ने बताए ।

विगतमा पदमा हुदा समेत केहि गर्न नसकेकाहरुले अहिले फेरि आश्वासन मात्रै बाड्दै हिडेको भन्दै यादवले भने ,‘ तर उनिहरुको आश्वासनमा अब जनता पर्नेवाला छैनन् , जनताले आश्वासन हैन काम चाहेका हुुन्छन् , काम गर्ने नेता नै जनताको रोजाइमा फेरि पर्छन् ।
जसपाका उम्मेदवार यादवले आफु नेता नभइ जनताको सेवक भएकाले जनताको सेवा नै आफनो मूलमन्त्र रहेको र त्यहि लक्ष्य लिएर जनता माझ रहदै आएको बताए । विगत पाँच वर्षको कार्याकालमा पर्सा १ मा आफुले गरेका कामको मुल्यांकन गरेकै कारण जनताले आफुलाई फेरि अवसर दिनेमा आफु ढुक्क रहेको उनले बताए ।

अरुलाई गाली गरेर मात्रै जनताको मन जित्न नसकिने बताउदै यादवले भने ,‘ म अरु जस्तो विपक्षीलाई गाली गरेर समय खेर फाल्दिन, मैले गरेका काम जनताले देखेका छन् , मेरो जितको आधार त्यहि नै हो ।घरदैलो कार्यक्रममा मधेस प्रदेशका मुख्यमन्त्री मोहम्मद लालबाबु राउत गद्धीका साथै जसपाका नेता कार्यकर्ताहरुको सहभागीता थियो ।

Related posts

वीरगन्जका ४ वटा सामूदायिक विद्यालयमा पूर्ण रुपमा अंग्रेजी माध्यम सुरु

MadhesKhabar

ठाकुररामका महिला कर्मचारीलाई दुर्व्यवहार गर्नेहरुलाई कारबाही गर्न नेविसंघको माग

MadhesKhabar

साैर्य एयरलाइन्सकाे विमान दुर्घटनामा १८ जनाकाे मृत्युु भएकाे पुष्टि

MadhesKhabar

Leave a Comment