Madhes Khabar
समाज हेडलाइन

बारामा नेपाली नक्कली नोट सहित एक भारतीय युवक पक्राउ

सांकेतीक फोटो

माधुरी महत्तो
वीरगन्ज,२१ असोज : बाराको सिम्रौनगढबाट प्रहरीले ठूलो परिमाणमा नेपाली नक्कली नोट सहित एक भारतीयलाइ पक्राउ गरेको छ ।
बाराको सिम्रौनगढ नगरपालिका वडा नम्बर ५ कनकपुरबाट प्रहरीले ८ लाख ९५ हजार रुर्पया नेपादी नोट सहित एक भारतीय युवकलाइ पक्राउ गरेको हो । पक्राउ पर्नेमा भारत बिहारको मोतिहारी जिल्ला पिपराकोठी थाना घर भएका २५ बर्षिय रन्जित कुमार मुखीया रहेका छन् ।

उनको साथबाट नेपाली १ हजार दरका ८ सय ९५ थान नक्कली नोट बरामद भएको बाराका प्रहरी नायब उपरिक्षक होविन्द्र बोगटीले जानकारी दिए ।

बोगटीका अुसार , जिल्ला प्रहरी कार्यालयबाट प्रहरी नायब निरिक्षक प्रकाश यादवको नेतृत्वमा खटिएको प्रहरी टोलीले भारतबाट मोटरसाइकलमा सवार भइ नेपाल आइरहेका मुखीयालाइ कनकपुरमा रोकेर चेकजाँच गर्दा नक्कली नोट बरामद भएको हो ।

नेपाली नक्कली नोट सहित पक्राउ परेका मुखीयालाइ इलाका प्रहरी कार्यालय सिम्रौनगढको हिरासतमा राखेर आवश्यक अनुसन्धान भइरहेको प्रहरी उपरिक्षक बोगटीले जानकारी दिए ।

Related posts

प्रदीप यादव भन्छन् : भाषण होइन काम गर्नु पर्छ जनताले अवश्य जिताउछन्

MadhesKhabar

पर्साका सरकारी विद्यालयहरुमा प्रधानाध्यापकको नियुक्ति नै अवैधानिक भएको खुलासा

MadhesKhabar

जिपि काेइराला फाउन्डेसन खाेलिएकाे कराेडाैंकाे जग्गा वीरगन्ज महानगरकाे स्वामित्वमा आयाे

MadhesKhabar

Leave a Comment