Madhes Khabar
राजनीति हेडलाइन

कांग्रेस नेता अमात्य, मन्सुरसहित ७ नेताकाे नाम मधेसबाट राष्ट्रिय सभा सदस्य उम्मेदवार सिफारिस

काठमाडौं,१५पुष:नेपाली कांग्रेसको मधेस प्रदेश समितिले राष्ट्रिय सभा सदस्य उम्मेदवारका लागि पर्साका नेता राजेन्द्र बहादुर अमात्य, बाराका नेता फरमुल्लाह मन्सुर सहित ७ नेताकाे नाम सिफारिस गरेको छ ।

कांग्रेस मधेस प्रदेश समितिले वरिष्ठता, कार्यक्षमता, समावेसी समानुपातिकको आधारमा नाम सिफारिस गरिएको जनाएको छ ।

प्राथमिकताक्रम निर्धारण गरेर सात नेताको नाम पठाइएको मधेसका कांग्रेस प्रचार विभाग प्रमुख नितेशकुुमार गुप्ताले जानकारी गराए ।

वरिष्ठताको आधारमा पठाइएको सम्भावित सूचीको पहिलो नम्बरमा धनुषाका आनन्दप्रसाद ढुंगानालाई राखिएको छ । केन्द्रीय सदस्य ढुङ्गाना अनुशासन समितिका संयोजक समेत हुन् । समानुपातिकतर्फको बन्द सूचीमा रहेका ढुङ्गानाको नाम सूचीबाट फिर्ता गरिएको थियो ।

सहमहामन्त्री फरमुल्लाह मन्सुरलाई प्राथमिकताक्रममा दोस्रो स्थानमा नाम राखेर पठाइएको छ । गत निर्वाचनमा समानुपातिक उम्मेदवार बनेका मन्सुर सांसद बन्न भने सकेनन् ।

कांग्रेस मधेस प्रदेशले प्राथमिकताक्रम सहित पठाएका अन्य नाममा राजेन्द्र बहादुर अमात्य पर्सा, नागेन्द्रकुमार सर्लाही, राधेचन्द्र यादव बारा, रामचन्द्र तिवारी महोत्तरी र हृदयनारायण यादव रौतहट लगायत छन् । ८ जिल्लाबाट आएका सबै सिफारिसलाई केन्द्रमा पठाइएको प्रचार प्रमुख गुप्ताले जानकारी दिए ।

११ माघमा हुने राष्ट्रिय सभाको निर्वाचनका लागि कांग्रेसले सबै प्रदेशबाट नाम संकलन गरेको छ । हालसम्म २७ जना केन्द्रीय सदस्यको नाम सिफारिस भएको छ ।

राष्ट्रिय सभामा रिक्त हुने २० मध्ये १९ जना सांसदका लागि उम्मेदवारी दर्ता २३ पुसलाई तोकिएको छ । राष्ट्रपतिबाट मनोनीत हुने एक जनाको पद पनि खाली हुँदैछ ।

Related posts

नारायणी अस्पतालकाे सेवा सहज र प्रभावकारी बनाउन युवा नेताहरुकाे आग्रह

MadhesKhabar

सर्वाेच्चकाे आदेश विरुद्ध नागरिकता विहिन युवाहरुद्वारा वीरगन्जमा प्रदर्शन 

MadhesKhabar

जसपा प्रमुख सचेतक यादव भन्छन् : सरकार माफियाहरूको चलखेलमा परेको छ

MadhesKhabar

Leave a Comment