Madhes Khabar
स्थानिय हेडलाइन

बारामा हुण्डी कारोबार गर्ने गिरोह नगद २१ लाखसहित पक्राउ

वीरगन्ज,२१फागुनः बारामा प्रहरीले हुण्डी कारोबार गर्ने गिरोहमा संलग्न तीन भारतीय र दुई नेपाली गरि पाँच जनालाई नगद २१ लाख ९ हजार नेपाली रुपैयासहित पक्राउ गरि सोमबार सार्वजनिक गरेको छ ।

फागुन १८ गते जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरी टोलीले कलैया उपमहानगरपालिका वडा नम्बर ६ स्थित अस्पताल रोडबाट अवैध रुपमा भारतबाट नेपाली रुपेयाँ ल्याउदै गरेको अववस्थामा भारत बिहारका रन्जित सर्राफलाई पक्राउ गरेको थियो । उनको साथबाट नगद पाँच लाख रुपैयाँपनि प्रहरीले बरामद गरेको थियो ।

अनुसन्धानका क्रममा सर्राफले नेपाली र भारतीयसंग मिलेर संगठित रुपमै हु्ण्डीको धन्दा चलाएको खुलेपपछि त्यसमा संलग्न अरु चार जनालाई पनि थप १६ लाख ९ हजार रुपैयाँ नगदसहित पक्राउ गरिएको बाराका प्रहरी उपरक्षिक सुरेश काफलेले जानकारी दिए।सर्राफसहित कलैया उपमहानगरपालिका वडा नम्बर ४ मा रहेको आसिफ मनि चेञ्जरका सञ्चालकद्वय कलैया ७ घर भएका कलामुदिन अन्सारी र महागढीमाई नगरपालिका १ का मेराजुल अन्सारीलाई फागनु १८ गतेनै पक्राउ गरिएको काफलेले बताए ।

अन्य दुई भारतीय नागरिकलाई भने फागुन २० गते भारतबाट हुण्डीको रकम ल्याउँदै गरेको अवस्थामा पक्राउ गरिएको प्रहरी उपरीक्षक काफलेले जानकारी दिए । फागुन २० गते बाराको विश्रामपुर गाँउपालिका वडा नम्बर १ छतवाबाट भारत बिहारको मोतिहारीका ४२ बर्षिय कृष्णलाल प्रसाद यादव र ४० बर्षिय रविशंकर सिंहलाई नेपाली १६ लाख ९ हजार रुपैयाँसहित पक्राउ गरेको उनले बताए ।

पक्राउ परेका पाँचै जना कलैयामा अन्सारीद्वयले इजाजत विना सञ्चालन गरेको मनि चेञ्जरमार्फत हुण्डीको कारोबार गर्ने गिरोहमा संलग्न व्याक्तिहरु रहेको अनुसन्धानका क्रममा खुलेको प्रहरी उपरीक्षक काफलेले बताए ।काफलेका अनुसार, पक्राउ परेको गिरोहले खाडी लगायतका मुलुकमा रहेका नेपालीहरुले कमाएको रकम संकलन गरी भारत पठाएर त्यहाँबाट अवैध रुपमा नेपाल भित्रयाउने गरेको थियो । बारामा मात्रै यो गिरोहले हुण्डी मार्फत मासिक तीनदेखि चार करोड रुपैयाँको अवैध कारोबार गर्दै आएको काफलेले बताए । यो गिरोहमा अन्य व्याक्तिहरुकोपनि संलग्नता रहेको भन्दैै प्रहरी उपरीक्षक काफलेले यसबारेमा थप अनुसन्धान भइरहेको बताए ।

 

 

Related posts

अन्तरिम सरकार बनेपछि मधेसका मुख्यमन्त्री सिंहले कुरा फेरे,अब भन्छन् :मैले राजीनामा दिएको छैन

MadhesKhabar

बाराको सिम्रौनगढबाट २०१ केजी गाँजासहित पिकअप गाडीका चालक र सहचालक पक्राउ

MadhesKhabar

एसिया कपमा भारत र पाकिस्तासंग भिड्ने नेपाली टिमको घोषणा

MadhesKhabar

Leave a Comment