वीरगन्ज,२२पुसःधनुषमा मस्जिदमा तोडफोड गरिएको घटनाको विषयलाई लिएर अशान्त बनेकाे वीरगन्जमा यसअघि मंगलबार दिउँसो ६ बजेसम्मका लागि कर्फु फेरि लम्ब्याइएको छ।
वीरगन्जमा मंगलबार बिहान ८ बजेदेखि दिउँसो १ बजेसमका लागि लगाइएको कर्फु आदेश साँझ ६ बजेसम्मका लागि थप गरिएको पर्साका प्रमुख जिल्ला अधिकारी भाेला दाहालले जानकारी दिए।यसअघि साेमबार साँझ ६ बजेदेखि मंगलबार दिउँसो १ बजेसम्मका लागि कर्फु लगाइएको थियाे।त्यसअघि साेमबार दिउँसो १ बजेदेखि भने निषेधाज्ञा आदेश जारी गरिएको थियाे।
पछिल्लो सुरक्षा अवस्थालाई मध्यनजर गरि मंगलबार साँझ ६ बजेसम्मका लागि कर्फु आदेश थप गरिएको प्रजिअ दाहालले जानकारी दिए।

यसैबीच जिल्ला प्रहरी कार्यालय पर्सामा भने अहिले हिन्दु र मुस्लिम अगुवाहरुलाई संगै राखेर छलफल जारी छ।प्रमुख जिल्ला अधिकारी भाेला दाहाल, प्रहरी उपरीक्षक सुदीपराज पाठक ,सशस्त्र प्रहरी उपरीक्षक पुरनचन्द्र भट्टसमेत उपस्थिति छलफलमा राजनीतिक दलका नेताहरुपनि सहभागी छन्।
दुई फरक समुदायले प्रदर्शन गर्दै आएका कारण पर्साको वीरगन्ज आइतबारदेखि नै आशन्त छ।
धनुषाको कमलमा–६सखुवा मराडस्थित मुस्लिम टोलमा रहेको मस्जिदमा गत शनिबार तोडफोड र मुस्लिम धर्मावलम्बीको ग्रन्थ कुरान जलाइएको घटना सामाजिक सञ्जालमार्फत सार्वजनिक भएको थियो।त्यहि विषयलाई वीरगन्जमा पनि आइतबारदेखि दुई फरक समुदायले प्रदर्शन गर्दै आएका छन् ।

