Madhes Khabar
स्थानिय

परवानीपुर गाउँपालिकाले ल्यायो ३४ करोड ६९ लाखको बजेट

बारा,९असारःबाराको परवानीपुर गाउँपालिकाले आगामी आर्थिक वर्ष २२०८२/८३ का लागि ३४ करोड ६९ लाख रुपैयाँ बराबरको अनुमानित बजेट सार्वजनिक गरेको छ । सोमबार आयोजित परवानीपुर गाँउपालिकाको १६ औं गाउँसभा अधिवेशनमा गााउपालिका उपाध्यक्ष सुगान्धी देवी कानुको तर्फबाट प्रमुख प्रशासकीय अधिकृत मुन्ना साह रौनियारले आगामी आर्थिक वर्षलागि ३४ करोड ३४ लाख ६९ हजार १ सय ५८ रुपैयाँ बराबरको अनुमानित आयव्यसहितको बजेट प्रस्तुत गरेका हुन् ।

परवानीपुुर गाँउपालिकाले ल्याएको नीति तथा कार्यक्रम र बजेटमा शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार विकाससंगै युवा र महिलालक्षित कार्यक्रमहरूलाई विशेष प्राथमिकता दिइएको रौनियारले बताए ।समावेशी र समन्यायिक विकासको लक्ष्यलाई पुरा गर्ने उदेश्यले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट ल्याइएको उनले बताए ।विकास निर्माणका योजनासंगसंगै मानव विकासका सूचकहरूमा सुधार ल्याउने कार्यक्रमहरूलाई प्राथमिकता दिइएकोपनि उनले बताए ।

नगरसभालाई सम्बोधन गर्दै गाँउपालिका अध्यक्ष रामक्षत्री कुर्मीले नागरिकको जीवनस्तर उकास्ने खालका योजनाहरु ल्याइएकोे बताए ।

गाउँपालिका अध्यक्ष कुर्मीको अध्यक्षतामा आयोजित गाँउसभामा उपाध्यक्ष सुगान्धि देवी कानु, प्रमुख प्रशासकीय अधिकृत मुन्ना साह रौनियार, वडाध्यक्ष, गाँउकार्यपालिका सदस्य, वडासदस्य ,कर्मचारी लगायतकाकोपनि सहभागिता रहेको थियो ।

Related posts

पर्साको जिल्ला प्रशासन कार्यालयमा राष्ट्रिय परिचयपत्र सम्बन्धि सेवा दुई दिनदेखि ठप्प

MadhesKhabar

भारतबाट तस्करी गरी ल्याइएको एक ट्याक्टर गहुँ तिलावे पुलबाट बरामद

MadhesKhabar

पर्सामा विजय गैरेको अध्यक्षतामा वडाध्यक्ष एकता समाज नेपाल गठन

MadhesKhabar

Leave a Comment