Madhes Khabar
स्थानिय हेडलाइन

संघ सरकारले दिने बजेटमा वीरगन्ज महानगरसंग विभेद नगरिदिन मेयर सिंहको आग्रह

वीरगन्ज,६बैशाखःवीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले संघीय सरकारले दिने बजेटमा वीरगन्जसंग भइरहेको विभेदबारे सार्वजनिक लेखा समितिको संसदीय टोलीको ध्यानाकर्षण गराएका छन् ।

वीरगन्ज महानगरपालिकामा बिहीबार भएको अन्तरकृया कार्यक्रममा सहभागी संसदीय टोलीलाई मेयर सिंहले संघ सरकारले बजेट विनियोजनमा सधैं वीरगन्जसंग विभेद गर्दै आएको गुनासो गर्दै ध्यानाकर्षण गराएका हुन् । मेयर सिंहले भने,‘ संघ सरकारबाट भरतपुर महानगरले ३९० करोड बजेट पाउँछ । तर वीरगन्ज महानगरले ११५ करोडमात्र बजेट पाउँछ । यो विभेद किन ?’

मेयर सिंहले संघ सरकारको आगामी बजेटमा वीरगन्जसंग हुदैं आएको विभेद अन्त्य गरी न्यायोचित बजेट विनियोजन गराईदिन आग्रहपनि गरे ।

अन्तरकृयामा सहभहागी संसदीय टोलीका संयोजक प्रतिनिधी सभा सदस्य रामकृष्ण यादवले वीरगन्जसंग भइरहेको विभेदप्रति सार्वजनिक लेखा समितिले संसदमा छलफल गर्ने तथा सरकारलाई लिखित निर्देशन दिनेपनि बताए।

अन्तरक्रिया कार्यक्रममा प्रतिनिधि सभा सदस्य यादवका साथै संघीय सांसदहरु प्रदीप यादव,प्रभु हजरा,अमरेश कुमार सिंह, देवप्रकाश तिमिल्सिना,पर्साका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसाल, पर्साका प्रहरी उपरिक्षक कुमोध ढुंगेल लगायतकोपनि सहभागिता रहेको थियो ।

Related posts

वीरगन्ज महानगरले बनाइ दिएको पशुपति आदर्श क्लबको भवनको मेयर सिंहले गरे उद्घाटन

MadhesKhabar

वीरगन्जको होटलमा लुकीछिपी बसेका बंगलादेशी नागरिक हुसेन पक्राउ

MadhesKhabar

सखी महिलाको साथी संस्थाको पाँचौ वार्षिकाेत्सव कार्यक्रम सम्पन्न

MadhesKhabar

Leave a Comment