Madhes Khabar
स्थानिय हेडलाइन

सुकुम्बासीलाई निस्सा बाँड्दै अध्यक्ष यादवले भने :आजको दिन सखुवाप्रसौनीका लागि ऐतिहासिक दिन हो

वीरगन्ज,१६असारःपर्साको सखुवाप्रसौनी गाउँपालिकाका ६ सय बढी भूमीहिन सुकुम्बासीहरुलाई जग्गाको निस्सा वितरण गरिएको छ । सोमबार वडा नम्बर १ र वडा नम्बर २ का गरी ६ सय २१ जना सुकुम्बासीलाई जग्गाको निस्सा वितरण गरिएको हो ।

भूमि सम्बन्धि समस्या समाधान आयोग पर्साको सहकार्यमा सखुवा प्रसा्नी गाँउपालिका स्तरीय सहजीकरण समितिले आयोजना गरेको कार्यक्रममा गाँउपालिका अध्यक्ष जसवन्त यादव र आयोग पर्साका अध्यक्ष तबरेज अहमदले संयुक्त रुपमा वडा नम्बर १ का ४ सय ३१ जना र वडा नम्बर २ का १ सय ९० जना गरिी ६ सय २१ सुकुम्बासीहरुलाई निस्सा वितरण गरेका हुन् ।

कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष यादवले सखुवा प्रसौनी गाँउपालिकाका सुकुम्बासीहरुलाई निस्सा वितरण कार्य सोमबारदेखि सुरु गरिएको बताए । उनले सोमबार २ वटा वडाका सुकुम्बासीलाई निस्सा वितरण गरिएको तथा बाँकी ४ वटा वडाका सुकुम्बासीहरुलाईपनि छिट्टै वितरण गरिने बताए ।

उनले भने , “हामीले भूमिहीन, विपन्न र सुकुम्बासी नागरिकको जीवनमा स्थायित्व दिने दिशामा यो निस्सा वितरण कार्यक्रम महत्वपूर्ण कदम हो। आजको दिन सखुवाप्रसौनीका लागि ऐतिहासिक दिन हो। गाउँपालिकाले भविष्यमा पनि भूमिसम्बन्धी समस्या समाधान गर्न आयोगसँग सहकार्य गर्दै जानेछ।”उनले निस्सा वितरण गरिएका सुकुम्बासीहरुलाई दसैं अगाडि नै लापूर्जा वितरण गर्ने लक्ष्य राखेर काम गरिरहेको जानकारीपनि गराए ।

कार्यक्रममा गाँउपालिका उपाध्यक्ष शर्मिला बिष्ट महतोले यस्ता जनमुखी कार्यक्रमहरूले नागरिकको सरकारप्रतिको विश्वास बलियो बनाउने बताइन् ।

गाउँपालिका अध्यक्ष यादवको अध्यक्षता तथा आयोगका अध्यक्ष अहमदको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा गाँउपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबाबु प्रसाद कुशवाहा, वडाध्यक्षहरु बासुदेव महतो थारु, चिरञ्जीवी महतो थारु, मोजामिल अन्सारी, महम्मद आरीफ अन्सारी, अशेश्वर यादव,मुना कमकर लगायतकाकोपनि उपस्थिति थियो।

Related posts

छुरा प्रहार गरी कान्छी पत्निकाे हत्या गर्ने वीरगन्जका एजहारुलहक पक्राउ

MadhesKhabar

चिसो बढ्दै गएपछि वीरगन्जका विद्यालयहरुमा थप तीन दिन जाडो विदा

MadhesKhabar

वीरगन्जसहित पर्साका सबै नाका आजदेखि ३ दिनका लागि बन्द

MadhesKhabar

Leave a Comment