Madhes Khabar
स्थानिय

वीरगन्ज महानगरको न्यायिक समितिले ७ वर्षमा किनारा लगायो २ सय ८१ उजुरी

वीरगन्ज,२९चैतःवीरगन्ज महानगरपालिकामा रहेको न्यायिक समितिले पछिल्लो ७ वर्षमा २ सय ८१ वटा उजुरीको किनारा लगाएको छ।महानगरपालिकाका उपमेयरको संयोजकत्वमा गठित न्यायिक समितिमा आर्थिक वर्ष २०७४/७५ देखि हालसम्म दर्ता भएका ३ सय ५३ उजुरीमध्ये २ सय ८१ वटा उजुरीको किनारा लगाएको हो।

उपमेउर इम्तियाज आलम संयोजकत्वको टोलीले चालु आर्थिक बर्ष २०८०/८१ को पछिल्लो ८ महिनामा ४ वटा मात्र उजुरी फर्छ्यौट गरिएको न्यायिक समितिका उजुरी प्रशासक अधिवक्ता धनबहादुर थापाले जानकारी दिए।

न्यायिक समितिमा चालु आर्थिक वर्षमा दर्ता भएको २३ वटा र गत आर्थिक बर्ष २०७९/८० बाट सरेर आएको ४९ वटा गरी ७२ वटा उजुरी फर्छ्यौट हुन बाँकी रहेको अधिवक्ता थापाले बताए। उनका अनुसार न्यायिक समितिले आर्थिक बर्ष २०७४/७५ मा १ सय २६ वटा, आर्थिक बर्ष २०७५/७६ मा ७७ वटा, आर्थिक बर्ष २०७६/७७ मा ५४ वटा, आर्थिक बर्ष २०७७/७८ मा ८ वटा, आर्थिक बर्ष २०७८/७९ मा ४ वटा र आर्थिक बर्ष २०७९/८० मा ४ वटा उजुरी किनारा लगाइएको थापाले बताए ।

वीरगन्ज महानगरपालिकामा आर्थिक बर्ष २०७४/७५ देखि नै न्यायिक समिति गठन भएर कार्य गर्दै आएको छ। न्यायिक समितिमा आउने उजुरीमध्ये करिब ८० प्रतिशत उजुरी जग्गा विवादसम्बन्धी नै रहेको थापाको भनाइ छ । न्यायिक समितिमा धेरैजसो उजुरी जग्गा विवाद, घर निर्माण खिचौला, लेनदेन, बालीनाली नोक्सानी, घरभाडा सम्बन्धमा आउने गरेको अधिवक्ता थापाको भनाइ छ।

न्यायिक समितिमा आउने उजुरीलाई स्थानीय जनप्रतिनिधिकै सक्रियतामा सम्बन्धित पक्षबीच मेलमिलाप गराउने काम न्यायिक समितिले गरिरहेको अधिवक्ता थापाले बताए।

Related posts

सरावगी भन्छन् – जित्ने बित्तिक्कै ठगी मुद्धा हालेर ठेक्का पट्टाको बक्यौता असुल्छु

MadhesKhabar

नबिल बैंक चोरी प्रकरणको यथार्थ विवरण सार्वजनिक गर्न प्रहरीले किन गर्दैछ आलटाल ?

MadhesKhabar

नवनियुक्त मन्त्री कलवारले सम्झिए मधेसी सहिदलाई

MadhesKhabar

Leave a Comment