Madhes Khabar
स्थानिय

सरावगी भन्छन् – जित्ने बित्तिक्कै ठगी मुद्धा हालेर ठेक्का पट्टाको बक्यौता असुल्छु

मधेसखबर
वीरगन्ज, २५ बैशाख
:वीरगन्ज महानगरपालिकामा नेकपा एमालेका मेयर उम्मेदवार विजय सरावगीले आफुले पुनमा मेयरमा जिते लगत्तै महानगरको ठेक्कापट्टा लिएर अनियमितता गरेकाहरुलाइ कानूनी कारवाहीको दायरामा ल्याउने चेतावनी दिएका छन् ।
आइतबार वीरगन्ज महानगरपालिका १ छपकैयामा आयोजित एमालेको चुनावीसभालाइ सम्बोधन गर्दै सरावगीले भने ,‘ जो आफै शीशाको घरमा बस्छ उसले अरुको घरमा ढुङगा हान्नु हुदैन , यदि हान्यो भने त्यो उसका लागि आत्मघाती हुन्छ ।
अहिले विपक्षी दलबाट मेयरका प्रत्याशी बनेका व्याक्तिले महानगरपालिकाका सार्वजनिक सम्पदा सन्चालनका लागि ठेक्कामा लिएर करौडौ रकम नतिरेको उल्टै आफु माथि अनेक लान्छना लगाउदै हिडेको सरावगीले बताए ।
सरावगीले मिनाबजार कम्पलेक्सको झण्डै साढे ३ करोड , स्वीमीङ पुलको डेढ करोड , सवारी करको सवा करोड गरि करिब ६ करोड रुपैया महानगरपालिकालाइ नतिरेर पचाउन खोजेको आरोप लगाए ।
सरावगीले भने ,‘ म पुन मेयर जित्ने बित्तिक्कै सारा ठेक्का पट्टाको छानबिन गर्छु , ठगी मुद्धा हालेर भएपनि महानगरको बक्यौता र बेरुजु असुल्छु ।
विपक्षी उम्मेदवारले विगतमा गरेका सबै काला कर्तुतहरुको पोल विस्तारै खोल्दै जाने पनि उनले बताए ।

Related posts

जीतपुरकाे शान्तिटाेलबाट ३ बर्षका बालक अंश ६ दिनदेखि बेपत्ता,फेला नपर्दा परिवारमा रुवाबासी

MadhesKhabar

ठोरीमा किसानको बाली जोगाउन नेपाल–भारत सीमामा लगाइयो फलामे तारजाली

MadhesKhabar

सरकार र ठेकेदारको चरम लापरबाही : ३ वर्षमा बन्नुपर्ने बाराको दुधौरा पुल ६ वर्षमा पनि अधुरै

MadhesKhabar

Leave a Comment