Madhes Khabar
स्थानिय

सरावगी भन्छन् – जित्ने बित्तिक्कै ठगी मुद्धा हालेर ठेक्का पट्टाको बक्यौता असुल्छु

मधेसखबर
वीरगन्ज, २५ बैशाख
:वीरगन्ज महानगरपालिकामा नेकपा एमालेका मेयर उम्मेदवार विजय सरावगीले आफुले पुनमा मेयरमा जिते लगत्तै महानगरको ठेक्कापट्टा लिएर अनियमितता गरेकाहरुलाइ कानूनी कारवाहीको दायरामा ल्याउने चेतावनी दिएका छन् ।
आइतबार वीरगन्ज महानगरपालिका १ छपकैयामा आयोजित एमालेको चुनावीसभालाइ सम्बोधन गर्दै सरावगीले भने ,‘ जो आफै शीशाको घरमा बस्छ उसले अरुको घरमा ढुङगा हान्नु हुदैन , यदि हान्यो भने त्यो उसका लागि आत्मघाती हुन्छ ।
अहिले विपक्षी दलबाट मेयरका प्रत्याशी बनेका व्याक्तिले महानगरपालिकाका सार्वजनिक सम्पदा सन्चालनका लागि ठेक्कामा लिएर करौडौ रकम नतिरेको उल्टै आफु माथि अनेक लान्छना लगाउदै हिडेको सरावगीले बताए ।
सरावगीले मिनाबजार कम्पलेक्सको झण्डै साढे ३ करोड , स्वीमीङ पुलको डेढ करोड , सवारी करको सवा करोड गरि करिब ६ करोड रुपैया महानगरपालिकालाइ नतिरेर पचाउन खोजेको आरोप लगाए ।
सरावगीले भने ,‘ म पुन मेयर जित्ने बित्तिक्कै सारा ठेक्का पट्टाको छानबिन गर्छु , ठगी मुद्धा हालेर भएपनि महानगरको बक्यौता र बेरुजु असुल्छु ।
विपक्षी उम्मेदवारले विगतमा गरेका सबै काला कर्तुतहरुको पोल विस्तारै खोल्दै जाने पनि उनले बताए ।

Related posts

सर्वाेच्च अदालतमा वीरगन्जकाे मेनराेड विस्तार मुद्दाको अर्काे पेशी असाेज २२ गते

MadhesKhabar

गहवामाई रथ यात्राका दिन वीरगन्जका सबै विद्यालयहरुमा विदा दिने महानगरकाे निर्णय

MadhesKhabar

तेली कल्याण समाजकाे केन्द्रीय अध्यक्षमा पर्साका विश्वनाथ प्रसाद तेली चयन

MadhesKhabar

Leave a Comment