Madhes Khabar
स्थानिय

छतको पानी सिधै सडकमा खसाउने घरधनीलाई कारबाही गर्ने वीरगन्ज महानगरको चेतावनी

वीरगन्ज,३१ साउन : वीरगन्ज महानगरपालिकाले छतको पानी सिधै सडकमा खसाउने घरधननीलाई कारबाही गर्ने चेतावनी दिएको छ ।

महानगरपालिकाको कार्यालयले बुधबार एक सार्वजनिक सूचना नै प्रकाशीत गरेर महानगर क्षेत्र भित्र बनेका घरहरूका छत÷छानावाट वर्षात लगायत अन्य प्रयोग भएको पानी सोझै सडकमा खसाउने घरधनीलाई प्रचलित कानुन अनुसार कारबाही गर्ने चेतावनी दिएको हो ।

घरको छत वा छानाबाट वर्षात वा अन्य प्रयोग भएको पानी सिधै सडकमा खसाउँदा सडकको संरचनामा क्षती पुगेको र सडक खाल्डो हुनुका साथै आवत जावत गर्ने यात्रुको शरीरमा समेत पानी पर्ने गरेको पाईएकोले त्यस्ता किसिमका कार्यहरु अविलम्ब बन्द गरी ब्यवस्थित तवरले छतको पानी नालामा खसाउन सूचना मार्फत् महानगरपालिकाले सबैमा अनुरोधपनि गरेको छ ।

यदि महानगरपालिकाको अनुरोधलाई अवहेलना गरी त्यस्ता किसिमको काम गरेको पाईएमा महानगरपालिका कारवाही गर्न वाध्य हुनेपनि उक्त सूचनामा उल्लेख छ ।

Related posts

लामखुट्टे नियन्त्रणका लागि वीरगन्जमा औषधी छर्न सुरु

MadhesKhabar

गाेपाल गिरी पत्रकारिता पुरस्कार प्रेस युनियनका श्रेष्ठले पाउने

MadhesKhabar

पर्साको गादी खोलामा कज्वे पुल निर्माण सुरु,गाँउपालिका अध्यक्ष चौधरीले गरे शिलान्यास

MadhesKhabar

Leave a Comment