Madhes Khabar
स्थानिय

पर्सा : आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका पुरुषकाे उपचारका क्रममा मृत्यु

सांकेतिक फोटो ।

वीरगन्ज,२०असार:पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु भएको छ।मृत्यु हुनेमा पर्साकाे जीराभवानी गाउँपालिका वडा नम्बर २ सेढवा गाँउका ४४ वर्षीय कपिल चौधरी रहेका छन्।

बिहीबार राति करिब १० बजेतिर मादक पदार्थ सेवन गरी आफ्नै घरमा गएका चाैधरीले परिवारका सदस्यसंग विवाद गरेका थिए।त्यसैक्रममा उनले आफ्नै शरीरमा डिजेल खन्याएर आगो लगाएका थिए।

आगोले जलेर गम्भीर घाइते भएका चौधरीलाई तत्काल उपचारका लागि वीरगन्जस्थित नारायणी अस्पतालमा लगिएको थियो। तर नारायणी अस्पतालमा उपचार सम्भव नभएपछि उनलाई थप उपचारका लागि काठमाडौं पठाइएको थियो। काठमाडौंमा उपचारकै क्रममा शुक्रबार चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

उक्त घटनाबारे थप अनुसन्धान भइरहेको पर्साका प्रहरी नायब उपरीक्षक किशाेर लम्सालले बताए।

Related posts

बहुदरमाई नगरपालिकाद्वारा ४९ करोड ५२ लाखको बजेट सार्वजनिक

MadhesKhabar

ठाेरी हुलाकी सडककाे विभिन्न स्थानमा सिसिटिभी क्यामरा जडान

MadhesKhabar

वीरगन्जमा ब्राउन सुगरसहित चार जना पक्राउ

MadhesKhabar

Leave a Comment