Madhes Khabar
स्थानिय

बारागढी–६ का वडाध्यक्ष तेलीको निधन

बारा,१४कात्तिकःबाराको बारागढी गाउँपालिका–६ का वडाध्यक्ष निरज साह तेलीको बिहीबार राति निधन भएको छ । ४६ वर्षीय तेलीको उपचारको क्रममा वीरगन्जस्थित नेशनल मेडिकल कलेजमा निधन भएको उनका काका तथा बारा उद्योग वाणिज्य संघका अध्यक्ष राजकुमार साहले बताए ।

उनी लामो समयदेखि क्यान्सर रोगबाट पीडित थिए । दोस्रो कार्यकालका लागि उनी कांग्रेसबाट निर्वाचित थिए भने पहिलो कार्यकालका लागि जनता समाजवादी पार्टीबाट निर्वाचित भएका थिए । उनका २ छोरी, एक छोरा र श्रीमती छन् ।

Related posts

पर्सामा सरुवा भई आएका एसपी मिश्रले आजदेखि कार्यभार सम्हाले

MadhesKhabar

वीरगन्जकाे शिक्षा र कृषि क्षेत्रमा लगानी गर्न टर्की इच्छुक

MadhesKhabar

वीरगन्जमा नवनिर्मित सडककाे सांसद यादव र मेयर सिंहले गरे उद्घाटन

MadhesKhabar

Leave a Comment