Madhes Khabar
स्थानिय हेडलाइन

आफ्नै नाबालिक छाेरीलाई याैन दुर्ब्यवहार गरेकाे भिडियो सार्वजनिक गर्ने पुरुष वीरगन्जमा पक्राउ

सांकेतिक फाेटाे

वीरगन्ज,२५चैत: आफ्नै छोरीमाथि यौन दुर्व्यवहार गरेको अभियोगमा पर्सा प्रहरीले एक जना पुरुषलाई पक्राउ गरेको छ । नेकमेकबाट साइबर टिपलाइन रिपोर्ट २०७९६२८८६ को आधारमा पर्सा प्रहरीले एक जना बाबुलाई पक्राउ गरेको हो । सामाजिक सञ्जाल र डिजिटल प्रविधिको दुरुपयोग गरी आफ्नै छोरीमाथि यौन दुर्व्यवहार गरेको आरोपमा उनलाई पक्राउ गरिएको पर्सा प्रहरी प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक किशोर लम्सालले बताए ।

उनका अनुसार बाल यौन दुर्व्यवहारसम्बन्धी सामग्री अन्तर्राष्ट्रिय अनुसन्धान संस्थाबाट सूचना आएको र सोही सूचना बमोजिम नेपाल प्रहरीको साइबर ब्युरोको समन्वयमा ती पुरुषलाई पक्राउ गरिएको हो ।

प्रहरीका अनुसार पीडकले अभियुक्तले आफ्नो जिमेल अकाउन्ट र ड्राइभमा अश्लील तस्बिर राखेका थिए । उक्त अश्लील तस्बिरबारे नेपाल प्रहरीलाई नेकमेकले जानकारी गराएको थियो । यसरी नेकमेकबाट सूचना आइसकेपछि साइबर ब्युरोले सूक्ष्म अनुसन्धान सुरु गरेको थियो ।

प्रहरीलाई प्राप्त विवरणअनुसार अभियुक्तले तीन वटा मोबाइल नम्बरहरू प्रयोग गरेको देखिन्छ । यी सबैको विस्तृत विश्लेषणपछि प्रहरीले पर्सा जिल्लाको वीरगन्ज -१ छपकैयाका एक पुरुषलाई पक्राउ गरेको हो । उनको परिचय गोप्य राखिएको छ । प्रहरीले अभियुक्तलाई यही २२ चैतमा नियन्त्रणमा लिए पनि सार्वजनिक भने मङ्गलवार गर्ने बताएको छ।

प्रहरीले उनको साथबाट सम्बन्धित भिडिओसमेत बरामद गरेको जानकारी दिएको छ । प्रहरीले उनी विरुद्ध करणी सम्बन्धी कसुर तथा विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गतको मुद्दामा अनुसन्धान सुरु गरेको जनाएको छ।

उनी विरुद्ध पर्सा जिल्ला अदालतबाट सात दिनको म्यादसमेत थप भैसकेको पर्सा प्रहरीले जानकारी दिएको छ ।

Related posts

पर्सा: जन्ती जाँदै गरेकाे कार गण्डक नहर नजिक दुर्घटना हुदाँ चालककाे मृत्यु, एक जना गम्भीर घाइते

MadhesKhabar

पर्साकाे सखुवा प्रसौनीलाई पूर्ण सुरक्षित खानेपानी र सरसफाइयुक्त पालिका बनाउने ऐन-निर्देशिका तयार

MadhesKhabar

वीरगन्ज महानगरको १६ औं नगरसभामा मेयर सिंहले पेश गरेका विधेयक र प्रस्तावहरु सर्वसम्मतले पारित

MadhesKhabar

Leave a Comment