मधेसखबर
वीरगन्ज ,१३चैत : पर्साकाे ग्रामीण भेगबाट ठुलाे परिमाणमा लागु ओैषध चरेस सहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पर्साकै कालिकामाई गाँउपालिका वडा नम्बर १ तिनडाेबियाका ३८ वर्षिय बृजेश प्रसाद कुर्मी रहेका छन् । कुर्मीलाई १० केजी चरेस सहित पक्राउ गरिएको प्रहरीले जनाएकाे छ ।
कुर्मीले आफनाे घरमा चरेस भण्डारण गरिराखेकाे सुचना प्रहरीलाई प्राप्त भएकाे थियाे । उक्त सुचनाकाे आधारमा साेमबार दिउँसो इलाका प्रहरी कार्यालय पाेखरियाबाट प्रहरी निरीक्षक माेहनविक्रम केसीकाे नेतृत्वमा खटिएको टाेलीले कुर्मीकाे घर खानतलाशी गरेकाे थियाे ।
त्यसक्रममा घरकाे बरण्डामा रहेकाे खाटमुनि कालाे र पहेलाे प्लास्टिकले बेरेर लुकाएर राखिएको आधा आधा केजीका २० पाेका तयारी चरेस बरामद भएकाे पर्साका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक गिरिले जानकारी दिए ।
चरेससहित पक्राउ परेका कुर्मीलाई प्रहरी हिरासतमा राखेर थप अनुसन्धान भइरहेकाे गिरिले बताए ।

