Madhes Khabar
स्थानिय

पाेखरियामा कानु समाज नेपालकाे नगर कार्य समिति गठन

वीरगन्ज ,१६बैशाख : पर्साकाे पोखरिया नगरपालिकामा कानु समाज नेपालको पोखरिया नगर कार्यसमिति गठन गरिएको छ।

शनिबार सम्पन्न कानु जातिकाे स्वजातिय भेलाले लक्ष्मण साह कानुकाे अध्यक्षतामा नगर कार्य समिति गठन गरेको हाे।समितिकाे सचिवमा मुखी साह कानु, कोषाध्यक्षमा शैलेश साह कानु रहेका छन् ।

कानु समाज नेपालका केन्द्रीय अध्यक्ष हरिहर प्रसाद साह कानुकाे प्रमुख आतिथ्यमा भएको भेलामा कानु समाजका जिल्ला अध्यक्ष रामबाबु साह कानु,किशोरी साह कानु, सम्भु साह कानु, पदार्थ साह कानु, लक्ष्मी साह कानु, रामदयाल साह कानु लगायतकाे पनि उपस्थिति रहेको थियाे।

भेलामा हनुमान फर्निचर उद्योगका सञ्चालक लक्ष्मी साह कानुले कानु समाजकाे पोखरिया नगर कार्य समितिको नाममा कोष स्थापना तथा बैंक खाता संचालनका निम्ति ५ हजार १०५ रुपैयाँको चेक नगर अध्यक्ष लक्ष्मण साह कानुलाई प्रदान गरेकाे काेषाध्यक्ष शैलेश साह कानुले जानकारी दिए।

Related posts

वीरगन्जमा प्रहरी जवान चाैधरीको ज्यादती, कुटपिटबाट ई-रिक्सा चालक घाइते

MadhesKhabar

सरकारले मिडियाको अधिकारमा अंकुश लगाउनु दुखद ः प्रदेश सांसदद्वय पटेल र जयसवाल

MadhesKhabar

गौर हत्या काण्डका दोषीहरुलाई कारबाहीको माग गर्दै कलैयामा प्रदर्शन

MadhesKhabar

Leave a Comment