Madhes Khabar
स्थानिय हेडलाइन

वीरगन्जको अलाैंमा आगलागी हुदाँ सात घर जलेर नष्ट,५४ लाखकाे धनमालकाे क्षति 

वीरगन्ज,११बैशाख:वीरगन्ज महानगरपालिका वडा नम्बर १७ अलौको बुढियामाइ टोलमा मंगलबार बिहान आगलागी हुदा सात वटा घर जलेर नष्ट भएको छ ।
मंगलबार बिहान करिब ३ बजेतिर महेन्द्र सहनीको फुसको घरमा विद्युतको तार सर्ट भई लागेकाे आगाे छिमेकका अन्य ६ वटा घरमापनि सल्किएर आगलागी हुदाँ सहनीसहित सात वटा घर पुर्ण रुपमा जलेर नष्ट भएको हो ।
आगलागीबाट महेन्द्र सहनी, मैना सहनी,वीरेन्द्र सहनी, तुफान सहनी, फुलदेव सहनी, अभय सहनी र अदालत साहको घर पूर्णरूपमा जलेर नष्ट भएकाे हाे ।आगलागीबाट सात घरसहित घरमा रहेको अन्नपात, लत्ताकपडा, सुनचाँदी,नगद जलेर नष्ट भएकाे तथा ८ वटा बाख्रा र एउटा गाई जलेर मरेकाे प्रहरीले जनाएको छ।आगलागीबाट अन्दाजी ५३ लाख ९० हजार रूपैयाँ बराबरको क्षति भएको पर्साका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक कुमार विक्रम थापाले जानकारी दिए ।
प्रहरी नायब उपरीक्षक थापाका अनुसार उक्त आगो वीरगन्ज महानगरपालिका र पोखरिया नगरपालिकाको दमकल, प्रहरी र स्थानियको सहयोगमा बिहान ५ बजेतिर पुर्ण रुपमा नियन्त्रणमा आएको थियो ।

Related posts

कलैयाको श्री ३ चन्द्र माविको नवगठित व्यवस्थापन समिति विरुद्ध अदालतको अन्तरिम आदेश

MadhesKhabar

विवादले पर्सा र चितवनमा हुलाकी सडक निर्माणमा अवराेध

MadhesKhabar

एसईईमा पर्साका ९४ प्रतिशत विद्यार्थी फेल, ४ जिपिए एक जनाको पनि आएन

MadhesKhabar

Leave a Comment