Madhes Khabar
स्थानिय हेडलाइन

वीरगन्जको अलाैंमा आगलागी हुदाँ सात घर जलेर नष्ट,५४ लाखकाे धनमालकाे क्षति 

वीरगन्ज,११बैशाख:वीरगन्ज महानगरपालिका वडा नम्बर १७ अलौको बुढियामाइ टोलमा मंगलबार बिहान आगलागी हुदा सात वटा घर जलेर नष्ट भएको छ ।
मंगलबार बिहान करिब ३ बजेतिर महेन्द्र सहनीको फुसको घरमा विद्युतको तार सर्ट भई लागेकाे आगाे छिमेकका अन्य ६ वटा घरमापनि सल्किएर आगलागी हुदाँ सहनीसहित सात वटा घर पुर्ण रुपमा जलेर नष्ट भएको हो ।
आगलागीबाट महेन्द्र सहनी, मैना सहनी,वीरेन्द्र सहनी, तुफान सहनी, फुलदेव सहनी, अभय सहनी र अदालत साहको घर पूर्णरूपमा जलेर नष्ट भएकाे हाे ।आगलागीबाट सात घरसहित घरमा रहेको अन्नपात, लत्ताकपडा, सुनचाँदी,नगद जलेर नष्ट भएकाे तथा ८ वटा बाख्रा र एउटा गाई जलेर मरेकाे प्रहरीले जनाएको छ।आगलागीबाट अन्दाजी ५३ लाख ९० हजार रूपैयाँ बराबरको क्षति भएको पर्साका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक कुमार विक्रम थापाले जानकारी दिए ।
प्रहरी नायब उपरीक्षक थापाका अनुसार उक्त आगो वीरगन्ज महानगरपालिका र पोखरिया नगरपालिकाको दमकल, प्रहरी र स्थानियको सहयोगमा बिहान ५ बजेतिर पुर्ण रुपमा नियन्त्रणमा आएको थियो ।

Related posts

यस वर्षको गोतामे पत्रकारिता पुरस्कार दाङका वरिष्ठ पत्रकार रेग्मीलाई प्रदान

MadhesKhabar

वीरगन्जमा तिब्र गतिमा चलाइएका दुई मोटरसाइकल आपसमा ठोक्किदा एक युवकको मृत्यु

MadhesKhabar

अष्ट्रेलियामा रहेका मधेसीहरुले पर्साकाे बारवा गाँउका ५० दलित परिवारलाई बाँडे कम्बल

MadhesKhabar

Leave a Comment