Madhes Khabar
प्रविधि हेडलाइन

डिजिटल प्रविधीको प्रयोगमा महिलाको पहुँच, प्रभावकारीता र भुमिका महत्वपुर्ण

 

वीरगंज,मधेसखबर

युएनडीपिको सहयोगमा स्मार्ट नेपाल प्रा लि जावलाखेल लिमिटेडले महिला सशतिmकरणका लागि डीजीटल प्रविधीको प्रयोगबारे वीरगंजमा अभिमुखिकरण तथा सुझाव संकलन कार्यक्रम मंगलबार सम्पन्न गरेको छ ।

संचार तथा सुचना प्रविधीको सकारात्मक्ततालाई अगाडी बढाउदै यसको नकारात्मक प्रभावलाई कसरी कम गर्ने र यसमा खासगरी महिलाहरुलाई कसरी सशतm बनाउन सकिन्छ भन्ने बारेमा छलफल समेत भएको थियो ।

सुचना तथा संचार प्रविधीमा महिला तथा सिमान्तकृत महिलाहरुको पहुँच भन्ने विषयमा हरेक क्षेत्रका महिलाहरुको उपस्थित रहेको उक्त कार्यक्रममा महिलाहरुले सुचना तथा संचार प्रविधीलाई डीजिटल प्रविधीमैत्री बनाउन आवश्यक रहेकोमा जोड दिएका हुन् ।
उनीहरले कतिपय कार्यालयहरुमा अझ पनि हातले लेखेर सुचना तथा कागजातहरको विवरण राख्ने कार्य भईरहेको अवस्था छ भने कतिपय कार्यालय तथा संस्थाहरमा भएका डिजिटल प्रविधीलाई समेत उपयोगमा नल्याईएको अवस्था छ भने कतिपयमा कार्यालय तथा संस्थाहरुमा यसलाई प्रयोगमा ल्याउँदा त्यहाँका कर्मचारी र जनतालाई सहज पनि भएको बताएका हुन् ।

कार्यक्रममा सबै महिलाहरुबाट यसको प्रयोग र प्रभावकारीता बारे सुझाव लिने कार्य समेत भएको थियो ।

महिलाहरुले दिएका सुझावलाई युएनडिपिमा बुझाउने र त्यसपश्चात नेपाल सरकारलाई समेत बुझाउने आयोजक संस्थाका कार्यक्रम संयोजक विरेन्द्र मिश्राले जानकारी दिए ।

कार्यक्रमका प्रमुख अथिती वीरगंज महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत अरविन्द लाल कर्णले हरेक क्षेत्रको कार्यमा डिजिटल प्रविधीले सहयोगी भुमिका निर्वाह गरेको बताए । उनले भने , डिजिटल प्रविधिले हामीलाई हरेक कुरामा सहयोग गरेको छ । तर यसको सकारात्मक कुराहरुसंगसंगै यसको नकारात्मक कुरामा पनि ख्याल गर्न जरुरी छ । साना बालबालिकाको बानी विगार्ने गरी , आवश्यकता भन्दा बढी आफुले नै डिजिटल प्रविधीको प्रयोग गरीरहेका हुन्छौ । त्यस्तै डिभाईस्मा पासवर्डका कुराहरु होस् वा यस्ता ध्यान दिनुपर्ने हरेक कुरामा हामी चनाखो हुन आवश्यक रहेको छ हालको जमानामा ।

कर्णले डिजिटल प्रविधीलाई हामीले आफ्नो आवश्यक्ता अनुसार प्रयोग गर्ने तर डिजिटल प्रविधीले हामीले प्रयोग गर्ने परिस्थितीको सिर्जना गर्न खतरापुर्ण हुन सक्ने तर्फ पनि औल्याएका थिए ।


हाल डिजिटल प्रविधी मार्फत धेरै नै महत्वपुर्ण कार्यहरु भईरहेको जस्तै सरसफाई एप , महिला स्वास्थ्यस्वय्सेविकाहरुले डिजिटल प्रविधी मार्फत जानकारी गराउने कार्य , महानगरपालिकामा पनि सबै शाखाको जानकारी पनि डिजिटल प्रविधी मार्फत नै भईरहेको र उतm डिजिटल अभियानमा धेरै जसो महिलाहरुकै उत्साह पुर्ण सहभागिता रहेको बताएका हुन् ।

डिजिटल प्रविधी बारे यो कार्यक्रम पाईलट प्रोजेक्टको रुपमा हेटौडा , जनकपुर , वीरगंज , पर्साको कालिकामाई , धनुषाको लक्ष्मिनीया , वीरेन्द्र नगर नगरपालिका ,गुरांस गाउँपालिका गरी ६ वटा जिल्लामा सम्पन्न भएको कार्यक्रम संयोगक मिश्राले जानकारी दिए ।

 

Related posts

राैतहटमा अत्याधुनिक पेस्ताेल लगायतका हतियारसहित एक युवक पक्राउ

MadhesKhabar

गढीमाई मेलामा शुद्ध खानेपानी र शौचालयको उचित व्यवस्था गर्न मन्त्री यादवले दिए निर्देशन

MadhesKhabar

संविधान दिवसमा जसपा माैन : न विराेध न समर्थन ,सहिदकाे शालिकमा माल्यार्पण

MadhesKhabar

Leave a Comment