Madhes Khabar
स्वास्थ्य हेडलाइन

कलैया उपमहानगरपालिका ‘पूर्ण खोप सुनिश्चितता’ भएको पालिका घोषणा

बारा,२९बैशाखः बाराको कलैया उपमहानगरपालिकालाई ‘पूर्ण खोप सुनिश्चितता’ भएको पालिका घोषणा गरिएको छ ।कलैया उपमहानगरपालिकाका २७ वटै वडा पुर्ण खोप सुनिश्चितता भएसंगै सोमबार एक कार्यक्रम आयोजना गरेर कलैया उपमहानगरपालिकालाई पनि ‘पूर्ण खोप सुनिश्चितता’ भएको पालिका घोषणा गरिएको कलैया उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नाथु साहले जानकारी दिए ।

कलैया उपमहानगरपालिकामा जन्मेदेखी ११ महिनासम्मका २ हजार ९ सय १६, १ वर्षदेखि २३ महिनासम्मका २ हजार ८२७ र १५ महिनादेखी २३ महिनासम्मका १ हजार ८५६ बालबालिका रहेको र उनिहरु सबैलाई सम्पूर्ण खोप लगाई सकिएकाले कलैया उपमहानगरपालिकालाई पूर्णखोप सुनिश्चितता भएको पालिका घोषणा गरिएको स्वास्थ्य शाखाका प्रमुख अजय जयसवालले जानकारी दिए ।

जिल्ला खोप समन्वय समिति तथा पालिका खोप समन्वय समितिले अनुगमग गरी प्रमाणित गरेपछि वडा खोप समन्वय समितिले पूर्णखोप सुनिश्चितता गर्ने गरेको छ । नेपालमा ‘पूर्ण खोप सुनिश्चितता पालिका’ घोषणा गर्नका लागि स्थानीय तहले केही प्रमुख मापदण्डहरू पूरा गर्नुपर्छ। यी मापदण्डहरू स्वास्थ्य सेवा विभाग तथा परिवार कल्याण महाशाखाले तोकेको हुन्छ ।

कलैया उपमहानगरपालिकाका मेयर विनोद साहको अध्यक्षता तथा जिल्ला समन्वय समिति बाराका प्रमुख नरेन्द्र साहको प्रमुख आतिथ्यतामा भएको पूर्ण खोपयुक्त पालिका घोषणा कार्यक्रममा उपमेयर रौशन प्रविण, स्वास्थ्य कार्यालय बाराका प्रमुख रामनरेश यादव, डाक्टर सुरेन्द्र साह, डा. बद्री दास, विभिन्न वडाका अध्यक्ष तथा सरोकारवालाहरुको सहभागिता रहेको थियो ।

Related posts

विमान दुर्घटनाको छानबिन गर्न ५ सदस्यीय आयोग गठन, भोलि शोक विदा

MadhesKhabar

बैशाख सम्म वीरगन्जको मुहार फेरिन्छ : मेयर सिंह

MadhesKhabar

आयुर्वेद चिकित्सालय वीरगन्जको अध्यक्षमा अनिल सिंह र सदस्यमा नेहा मिश्र मनोनित

MadhesKhabar

Leave a Comment