Madhes Khabar
स्थानिय हेडलाइन

भोटेकोशी बाढीपीडितका लागि वीरगन्ज महानगरपालिकाले १ करोड ११ लाख रुपैयाँ दिने घाेषणा

वीरगन्ज,१३भदाैं :रसुवाकाे भोटेकोसी बाढीबाट प्रभावित नागरिकहरूको राहत तथा पुनर्स्थापनाका लागि वीरगन्ज महानगरपालिकाले १ करोड ११ लाख रुपैयाँ आर्थिक सहयोग गर्ने भएको छ। कार्यवाहक मेयर इम्तियाज आलमको अध्यक्षतामा शनिबार बसेको महानगरपालिकाकाे कार्यपालिका (बोर्ड) बैठकले १ कराेड ११ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको हो।

 

​बैठकले उक्त सहयोग रकम विभिन्न आन्तरिक स्रोतहरूबाट जुटाउने निर्णय पनि गरेको छ।महानगरका ३२ वटा वडा रहेकाे र ती प्रत्येक वडा कार्यालयबाट १ लाख २५ हजार रुपैयाँ, महानगरपालिकाका सम्पूर्ण जनप्रतिनिधिहरूको १ महिनाको तलब तथा सेवा–सुविधा बराबरको रकम, महानगरपालिकामा कार्यरत सम्पूर्ण कर्मचारीहरूको तलबबाट मुख्यसचिवस्तरीय निर्णयअनुसार तोकिएको रकम संकलन गरेर १ कराेड ११ लाख रुपैयाँ प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा जम्मा गरिने कट्टा गरिने कार्यवाहक मेयर आलमले जानकारी दिए।

​बाढीका कारण जनधनको ठूलो क्षति व्यहोरेका रसुवा,नुवाकोट,धादिङ लगायतका नागरिकलाई विपद्को यस कठिन समयमा राहत र पुनर्स्थापनामा मद्दत पुगोस् भन्ने उद्देश्यले आकस्मिक बाेर्ड बैठक डाकेर सहयोगको निर्णय गरिएको आलमले बताए ।

Related posts

पर्साका दलित अभियन्ता मनोज राम प्रधानमन्त्री ओलीबाट काठमाडौंमा सम्मानित

MadhesKhabar

१०० रुपैयाँ बढीको सामानको भन्सार तिर्नुपर्ने नियम खारेज नगरे आन्दोलन गर्ने जेनजी पर्साको चेतावनी

MadhesKhabar

मधेसका मुख्यमन्त्री यादवलाई शतप्रतिशत विश्वासको मत

MadhesKhabar

Leave a Comment