Madhes Khabar
मधेस प्रदेश हेडलाइन

मधेसका मुख्यमन्त्री यादवलाई शतप्रतिशत विश्वासको मत

वीरगन्ज,०४माघ : मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले प्रदेशसभामा उपस्थितको शतप्रतिशत विश्वासको मत प्राप्त गरेका छन् । प्रदेशसभाको बुधबार बसेको बैठकमा मुख्यमन्त्री यादवले शतप्रतिशत विश्वासको मत पाएका हुन् । प्रदेशसभामा रहेका १० राजनीतिक दल र स्वतन्त्र सांसदहरुले यादवलाई विश्वासको मत दिएका हुन् ।

मुख्यमन्त्रीलाई विश्वासको मत प्राप्त गर्न ५४ सांसद आवश्यक रहेकोमा बुधबार प्रदेशसभामा उपस्थित १०२ जना सांसदमध्ये उनको पक्षमा ती सबै १०२ जना सांसदले विश्वासको मत दिएका हुन् । विपक्षमा कुनै पनि मत परेन । मधेस प्रदेशमा १०७ जना प्रदेश सांसद छन् । माओवादीका २ जना सांसदलाई अदालतले शपथ रोकेको छ ।

जसपाबाट मुख्यमन्त्री भएका यादवलाई प्रदेश सभाको ठूलो दल एमाले, दोस्रो ठूलो दल कांग्रेस, जनमत, लोसपा, नेकपा (एस), माओवादी केन्द्र, नेससपा, नागरिक उन्मुक्ति पार्टी र राप्रपाले समेत विश्वातको मत दिएका छन् । यादव जनता समाजवादी पार्टीबाट मुख्यमन्त्री बनेका हुन् ।साभारः कान्तिपुर

Related posts

बारा २ मा रोकिएको मतगणना फेरि सुरु

MadhesKhabar

वीरगन्जका एक हिन्दु युवाले रोजामा बसेका मुस्लिम धर्मावलम्बीहरुलाई गराए सामुहिक इफ्तारी

MadhesKhabar

बारामा मसानघाटको ८ बिघा जग्गा व्याक्तिको नाममा

MadhesKhabar

Leave a Comment