Madhes Khabar
मधेस प्रदेश राजनीति

मधेस सरकारको १०० दिनको उपलब्धि : पोखरियासहितका अस्पतालमा ४०० बढी दरबन्दी सृजना

जनकपुरधाम,९असोजः मधेस प्रदेश सरकारले आफ्नो १०० दिनको उपलब्धि सार्वजनिक गरेको छ ।बुधबार बिहान पत्रकार सम्मेलन गरी मुख्यमन्त्री सतिशकुमार सिंहले आफू मुख्यमन्त्री बनेको १०० दिनमा प्रदेशको शिक्षा, स्वास्थ्य ,कृषि, स्वास्थ्य,खेलकुद र श्रम बजार जस्ता क्षेत्रमा सुधार भएको दाबी गरेका छन् ।

स्थानीय तहबाट मधेस प्रदेश सरकार मातहत हस्तान्तरण भई आएका चारवटा अस्पतालहरू पर्साको पोखरिया,सर्लाहीको धनकौल, , सप्तरीको भारदह, धनुषाको डुमरिया अस्पताल स्तराोन्नत्ती गरेर अहिले सञ्चालन हुने अन्तिम तयारीमा रहेको र विभिन्न स्वास्थ्य संस्थामा पठाउन चार सयभन्दा वढी दरबन्दी सिर्जना गरिएको छ। साथै स्वास्थ्य संस्थाका लागि थप विषयगत दरबन्दी सिर्जना तथा स्रोत सुनिश्चितताको कार्य अगाडि बढाइएको मुख्यमन्त्री सिंहले सार्वजनिक गरेको उपलब्धि पत्रमा उल्लेख छ।

यस्तै मधेस स्वास्थ्यविज्ञान प्रतिष्ठानमा ३ सय बेड थप गरिएको र एमबिबिएस कार्यक्रमका लागि ५० सिट आरक्षित गरिएको पनि सरकारको उपलब्धिमा उल्लेख छ ।विभिन्न अस्पतालहरूमा उपकरणहरू वितरण र स्तरोन्नति गर्दै स्वास्थ्य सेवा सुधारका लागि ४ सयभन्दा बढी दरबन्दी सिर्जना गरिएको पनि मुख्यमन्त्री सिंहले बताए ।

मधेस सरकारले श्रम बजार सुधारका लागि दुई सय कम्पनीलाई लक्षित गरी व्यापक सर्वेक्षण गरेको र बेरोजगार जनशक्तिलाई आवश्यक तालिम दिएर रोजगारी सिर्जना गर्न पहल थालेको जनाएको छ ।यातायात क्षेत्रमा सुधार, सवारीचालक अनुमतिपत्र समस्याहरू समाधान गरेको, सवारी साधन अभिलेखको डिजिटलाइजेसनले सेवा छरितो र प्रभावकारी भएको पनि मधेस सरकारले आफ्नो उपलब्धिमा उल्लेख गरेको छ ।

कमला नदीको बाढीका कारण बगर बनेका १५ हजार बिघा जमिनलाई कृषिमा उपयोग गर्न विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयारी भइरहेको मुख्यमन्त्री सिंहले बताए ।१ लाख ५० हजार मेट्रिक टन रासायनिक मलको समयमै वितरण गरिएको, भेटेरीनरी सेवा र मत्स्य उत्पादनमा समेत महत्वपूर्ण योगदान पु¥याइएपछि ५० हजारभन्दा बढी किसान लाभान्वित भएको उनको भनाइ छ ।
यस्तै पशुबीमा, निर्वाचन क्षेत्रलक्षित कृषि विद्युतीकरण कार्यक्रम, कृषि उत्कृष्टता केन्द्र, हरेक पालिका एक एग्रोभेट कार्यक्रम र मन्डीसँगै १६ ठाउँमा शीतभण्डार, भेटेनरी एम्बुलेन्स, भेटेनरी अस्पताल लगायतका महत्तत्वपूर्ण योजना अघि बढाएर कृषिक्षेत्रलाई प्राथमिकतामा राखिएको सिंहको भनाइ छ।

प्रदेश सरकारले व्यापार व्यवसाय सम्बन्धी विद्येयक, २०८० पेश गर्ने तयारी गरेको र बजार अनुगमन निर्देशिका निर्माण गरी उपभोक्ता हितलाई सुनिश्चित गर्दै घरेलु तथा साना उद्योगलाई प्रोत्साहन दिन सीप विकास तालिम सञ्चालन गरिएको छ। सिमेन्ट उद्योगहरूको कर अनुगमन गर्दै राजस्व वृद्धि गर्ने योजना अघि सारिएको उपलब्धिमा समावेश गरिएको छ ।

लागुऔषध दुव्र्यनमुक्त अभियानअन्तर्गत सुधार केन्द्रको स्थापना गरिएको र सुरक्षासम्बन्धी निकायहरूलाई सबलीकरण गर्न आवश्यक सामग्रीहरू प्रदान गर्दै, अपराध नियन्त्रणमा योगदान पु¥याइएको उल्लेख छ ।यस्तै भौतिक पूर्वाधार तर्फ एक निर्वाचन क्षेत्र एक पक्की पुल निर्माणको लागि ठेक्का प्रक्रिया अघि बढाइएको उपलब्धिमा छ ।यस्तै प्रदेशको विभिन्न सार्वजनिक स्थलमा स्थलमा ८७५ हेक्टरमा वृक्षरोपण गरिएको पनि उपलब्धिमा समावेश गरिएको छ ।

Related posts

मधेस प्रदेशमा २० मन्त्री फेरिए, तर थामिए मुख्यमन्त्री

MadhesKhabar

लोसपाको घोषणापत्र : नागरिकताको हल र आन्दोलनकर्मीको मुद्दा फिर्ता

MadhesKhabar

‘विशेष महाधिवेशन शतप्रतिशतका लागि हो, ४० प्रतिशत भाग खोज्न हैन’

MadhesKhabar

Leave a Comment