Madhes Khabar
राजनीति हेडलाइन

पर्सामा ११८ उम्मेदवारको जमानत जफत

मधेसखबर
वीरगन्ज,१६ मंसिर : मंसिर ४ मा भएको निर्वाचनमा पर्सामा दुई महिला सहित १ सय १८ जना उम्मेदवारको जमानत (धरौटी रकम ) जफत भएको छ ।

पर्साका ४ वटै क्षेत्रमा गरि प्रतिनिधिसभा सदस्य तर्फ ५३ जना उम्मेदवार रहेकोमा ४२ जना र आठ वटा प्रदेशसभा सदस्यतर्फ १ सय ८ जना उम्मेदवार रहेकोमा ७६ जना उम्मेदवारको धरौटी रकम जफत भएको जिल्ला निर्वाचन कार्यालय पर्साकी प्रमुख रन्जिता झाले जानकारी दिइन् ।

जमानत जोगाउन उम्मेदवारले आफ्नो क्षेत्रमा खसेको कुल मत मध्ये सदर मतको कम्तिमा पनि १० प्रतिशत मत ल्याउनुपर्ने कानूनी प्रावधान छ । १० प्रतिशत मत ल्याउन नसक्ने उम्मेदवारको धरौटी जफत भएको झाले बताइन् ।

प्रतिनिधिसभातर्फ पर्सा क्षेत्र नम्बर १ बाट २१ जनाले उम्मेदवारी दिएकोमा लोसपाका उम्मेदवार लक्ष्मणलाल कर्णसहित १८ जनाको धरौटी जफत भएको छ । प्रतिनिधिसभा तर्फ नै क्षेत्र नम्बर २ बाट ११ जनाले उम्मेदवारी दिएकोमा ८ जना, क्षेत्र नम्बर ३ बाट ११ जनाको उम्मेदवारी परेकोमा ८ जना र क्षेत्र नम्बर ४ बाट १० जनाले उम्मेदवारी दिएकोमा ८ जनाको जमानत जफत भएको झाले बताइन् ।

त्यसैगरी प्रदेशसभातर्फ पर्सा १ (क) बाट १८ जनाले उम्मेदवारी दिएकोमा १३ जनाको धरौटी जफत भएको छ भने १ को(ख)बाट २० जनाले उम्मेदवारी दिएकोमा शशि कपुर मिया सहित १६ जनाको धरौटी जफत भएको छ ।

त्यसैगरी क्षेत्र नम्बर २ को (क) मा ९ जनाले उम्मेदवारी दिएकोमा ७ जना, ख मा १४ जनाले उम्मेदवारी दिएकोमा संघीय सरकारकी पूर्व राज्यमन्त्री करिमा बेगम सहित १० जनाको धरौटी जफत भएको छ ।

क्षेत्र नम्बर ३ को क मा १२ जनाले उम्मेदवारी दिएकोमा ६ जनाको धरौटी बापतको जमानत जफत भएको छ भने ३ को ख मा १४ जनाले उम्मेदवारी दिएकोमा १० जनाको जमानत जफत भएको छ ।यसैगरी, क्षेत्र नम्बर ४ को क मा १० जनाले उम्मेदवारी दिएकोमा ७ जनाको धरौटी बापतको जमानत जफत भएको छ भने ४ को ख मा ११ जनाले उम्मेदवारी दिएकोमा माओवादी केन्द्रकी शेख चांद तारासहित ९ जनाको धरौटी जफत भएको छ ।

प्रतिनिधिसभा सदस्यतर्फ १० हजार र प्रदेशसभा सदस्यतर्फ ५ हजार उम्मेदवारी दर्ता शुल्क तोकिएको थियो । महिला, दलित, अल्पसंख्यकको हकमा भने दर्ता शुल्कमा ५० प्रतिशत छुट दिइएको थियो ।

Related posts

पर्सा–बारामा रहेका २९ मध्ये २५ वटा डिप ट्युबेल जीर्ण भई बन्द हुदाँ किसान मर्कामा

MadhesKhabar

गाँउघरमै उपचार सेवा दिन जगरनाथपुरको सुहपुर सोहरीमा सामुदायिक स्वास्थ्य इकाई सन्चालन

MadhesKhabar

छठका ब्रतालुहरुले खरना विधि गरेर सुरु गरे निर्जला व्रत

MadhesKhabar

Leave a Comment