Madhes Khabar
कृषि हेडलाइन

पटेर्वा सुगौली गाँउपालिका आँफैले तरकारीको बेर्ना उत्पादन गरेर किसानलाई बाँड्दै

वीरगन्ज,२३असोजःपर्साको पटेर्वा सुगौली गाँउपालिकाले तरकारीको बेर्ना आँफैले तयार पारेर किसानहरुलाई  वितरण गर्न सुरु गरेको छ ।

टनेलसहितको नर्सरीमा तयार पारिएका ततरकारी बेर्ना मंगलबारदेखि किसानहरुलाई वितरण गर्न थालिएको गाँउपालिका अध्यक्ष दिनेश चौधरीले बताए । मंगलबार र बुधबार गरी दुई दिनमा २ सय ५० बढी किसानलाई तरकारीको बेर्ना वितरण गरिएको जानकारी उनले दिए ।

तरकारी नर्सरी व्यवस्थापन कार्यक्रम अन्तर्गत गाँउपालिका आँफैले वडा नम्बर ४ दखिनवारी सुगौली टोलमा करिब साढे दुई कठ्ठा जग्गामा तरकारीको बेर्ना उत्पादनका लागि टनेलसहितको नर्सरी बनाएको छ । उक्त नर्सरीमा काउली,गोलभेंडा,भेन्टा, हरियो खुर्सानी लगायतका तरकारीको बेर्ना उत्पादन गरिएको गाँउपालिकाकोे कृषि विकास शाखाकी प्रमुख सिमा चौधरीले जानकारी दिइन् ।

यसअघिका वर्षमा हरियो तरकारी बीउ प्याकेट बनाएर वितरण गर्दा त्यतिधेरै प्रभावकारी नभएपछि यस वर्षदेखि गाँउपालिका आँफैले टनेलसहितको नर्सरी निर्माण गरेर तरकारीको बेर्ना तयार पारेर किसानलाई वितरण गर्न थालिएको चौधरीले बतााइन् ।

पालिकाका किसानलाई व्यवसायिक रुपमै तरकारी खेतीतर्फ आकर्षित र प्रोत्साहित गर्नका लागि बेर्ना वितरण कार्यक्रम सुरु गरिएको गाँउपालिका अध्यक्ष चौधरीले बताए । उनले भने,‘बजारमा हरियो तरकारीको माग राम्रो छ । तरकारी खेतीबाट किसानले आम्दानीपनि राम्रै गर्न सक्छन् ।त्यसैले तरकारी खेती तर्फ उनिहरुलाई आकर्षित र प्रोत्साहित गर्न पालिका आँफैले बेर्ना तयार पारेर वितरण गर्न थालेको हो ।

अबयसपछि आगामी माघमा फेरि हिउँदे अन्य तरकारीको बेर्ना उत्पादन गरेर किसानलाई वितरण गर्ने योजना र त्यसका लागि कामपनि थालिसकेको उनले बतााए ।

Related posts

विदेश पठाउन दिएकाे रकम फिर्ता नगर्ने एजेन्टलाई बन्धक बनाएर राखेका ४ जना वीरगन्जमा पक्राउ

MadhesKhabar

पर्साका विद्यालयहरु आइतबार बन्द नगर्न अभिभावकहरुको माग

MadhesKhabar

मतदातालाई चौरसिया र कुर्मीको अपिल : जनताको पीर मर्का बुझ्ने नेता चुन्नु होला

MadhesKhabar

Leave a Comment